ट्रिलियन  डलर मूल्यांकन भएको कम्पनी अमेजनको आयकर शून्य 

ट्रिलियन  डलर मूल्यांकन भएको कम्पनी अमेजनको आयकर शून्य 

खबौं अर्ब डलर बराबरको अमेरिकी कम्पनी अमेजनले सन् २०१८मा शून्य  आयकर तिर्ने कम्पनीको रूपमा कागजात बुझाएको छ । अमेजनले शून्य आयकर तिर्ने कम्पनीको रूपमा कागजात बुझाएको यो दोस्रो वर्ष हो ।

इ–कमर्स विधिको आधारमा गतवर्ष ११ अर्ब अमेरिकी डलर बनाउने कम्पनीले कुनै कर तिर्न नपर्ने भएकाले सो कम्पनीले यस्तो कागजात बुझाएको हो । यो कर सुधार सन् २०१७ मा गरिएको थियो ।

यसका ठाउँमा २१ प्रतिशत कर्पोरेट आयकर तिरेको आधारमा अमेजनले १२ करोड ९० लाख अमेरिकी डलर बराबरको कर छुट पाउने दाबी गरेको छ । कर प्रावधानको कमजोरीको फाइदा उठाउने कम्पनीहरूमा अमेजन र नेटफ्लिक्स रहेको समाचार बनेको पाइएको छ । अर्कोतर्फ अमेरिकाको राष्ट्रिय ऋण अहिलेसम्मको सबैभन्दा उच्च २२ ट्रिलियन अमेरिकी डलर भन्दा बढी पुगेको छ ।