बेलायती प्रधानमन्त्रीद्वारा विद्रोही सांसदलाई कारबाही गर्ने चेतावनी
काठमाडौ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सत्ताधारी कन्जरभेटिभका विद्रोही सांसदलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
युरोपियन युनियनबाट हट्ने प्रस्ताव ब्रेग्जिटको विरोधमा नो डिल ब्रेग्जिटको पक्षमा समर्थन गर्न खोज्ने विद्रोही सांसदलाई उनले यस्तो चेतावनी दिएका हुन् ।
विद्रोही सांसदहरूले प्रधानमन्त्री बोरिससँग भेटवार्ता गर्ने तय भने तत्काल स्थगन भएको हो ।
प्रधानमन्त्रीले बेलायतलाई युरोपियन युनियनबाट हटाउन बाँकी ६० दिन भित्र पार्टीमा विवाद उत्पन्न भएको हो ।
आफूले ब्रेग्जिट सफल पारेर छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रतिक्रिया