मामाल्लापुरमा चिनियाँ राष्ट्रपति सीलाई मोदीले स्वागत गर्ने तयारी
काठमाडौ ।तमिलनाडुको इस्ट कोस्ट रोडको मामाल्लापुरममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिनलाई अक्टोबरमा स्वागत गर्ने गर्ने भएका छन् ।
अक्टोबर ११ देखि १३सम्म चिनियाँ राष्ट्रपतिको भारत भ्रमणको क्रममा मामाल्लपुरममा मोदीले स्वागत गर्ने सरकारी स्रोतले जनाएको छ ।
प्रदेश सरकारसँग संघीय सरकारको व्यवस्थापनबारे छलफल भइरहेको भारतीय सञ्चार माध्यम हिन्दुले जनाएको छ ।
भ्रमणका क्रममा सीले युनिस्कोको विश्वसम्पदामा परेका भारतको ऐतिहासिक स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
मोदीले पहिलो अनौपचारिक शिखर सम्मेलनको क्रममा उहानमा सीसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया