नोबेल पाउने यौन दुराचारी भएको आरोप 

नोबेल पाउने यौन दुराचारी भएको आरोप 

६ महिलाले नोबेल शान्ति पुरस्कारबाट सम्मानित कोस्टारिकाका पूर्व राष्ट्रपति ओस्कार अरियासले आफूहरूको यौन शोषण गरेको आरोप लगाएकी छिन् ।

रिनोस्थित युनिभर्सिटी अफ नेभादाको नर्दर्न नेभादा इन्टरनेशनल सेन्टरकी कार्यकारी निर्देशक करिना ब्ल्याकले आरिसमाथि यस्तो आरोप लगाएकी हुन् ।

उनले भनिन् “ सन् १९९८मा लिफ्टको परखालमा थिचेर आरिसले चुम्बन लिन खोजेका थिए । उनको अनुहारमा चोट दिएर उम्किए” समाचार संस्था एपीले आरिसले महिलासँग गरेको यौन दुराचारको आरोप कम्तीमा ६ महिलाबाट आफूसमक्ष पुगेको जनाएको छ । आरिसले यसबारे कुनै टिप्पणी नदिन वकिलले रोकेको जनाएका छन् ।