भेनेजुएलालाई टर्कीको कम्पनीले जोगाउँदै

भेनेजुएलालाई टर्कीको कम्पनीले जोगाउँदै

बेलयातको बैंक अफ इंग्ल्यान्डले सुन लिएर अमेरिकी डलर दिने भेनेजुएलाको प्रस्ताव अस्वीकारको केही दिनभित्रै एक टर्किस कम्पनीले भेनेजुएलाको सो प्रस्तावलाई स्वीकार गरेको पाइएको छ ।

बेलायतले अमेरिकाले आफ्ना ल्याटिन अमेरिकी देशसँग मिलेर  भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलास मदुरोलाई हटाउन तयार पारेको योजनालाई सघाउँदै भेनेजुएलाको सो प्रस्ताव अस्वीकार गरेको थियो ।

टर्कीको कम्पनी सर्देश एक वर्ष पुरानो कम्पनी हो । यो सन् २०१८ को जनवरीतिर स्थापना भएको थियो । सो कम्पनीले भेनेजुएलाको सुन लिन तयार भएको ब्लुमबर्गले आफ्नो समाचारमा जनाएको छ ।

पहिलो महिनामा सर्देशले भेनेजुएलाबाट चार करोड १० लाख अमेरिकी डलर बराबरको सुन आयात गरेको छ । अर्को महिनामा १० करोड अमेरिकी डलर बराबरको सुन आयात गर्ने भएको छ ।

नोभेम्बर २०१८ मा कम्पनीले ९० करोड अमेरिकी डलर बराबरको सुन टर्की भित्रिएको जनाइएको छ ।

तर, यो सुन कहाँ रहेको छ त्यसबारे समाचारमा केही जनाइएको छैन् । भेनेजुएलाले टर्कीमा त्यहाँको कम्पनीसँग सुन प्रशोधन काम थालेको आंशका गरिएको छ ।

जनवरी २०१९मा भेनेजुएलाका उद्योग तथा उत्पादन मन्त्री तारेक एल अइसामीलाई टर्की पठाएर त्यहाँका मन्त्रीसँग छलफल गर्न पठाएका थिए ।

यसअघि बैंक अफ इंग्ल्यान्डले १.२ अर्ब सुन लिने प्रस्ताव अस्वीकार गरेको थियो । अमेरिकाले भेनेजुएलामा नाकाबन्दी लगाउँदै त्यहाँका निर्वाचित राष्ट्रपति मदुरोलाई सत्ताच्युत पार्ने योजना बनाएको छ ।

अमेरिकाको यो योजनालाई सार्वभौम देशभित्रको विदेशी हस्तक्षेप भन्दै टर्की, रुस, चीन लगायतका देशले विरोध जनाएका छन् ।