बिल गेट्स धनीलाई ७० प्रतिशत कर लगाउने पक्षमा

बिल गेट्स धनीलाई ७० प्रतिशत कर लगाउने पक्षमा

विश्वका सर्वाधिक धनीहरूको नयाँ सूची अनुसार दोस्रा धनाढ्य अर्बपति बिल गेट्सले सम्पत्तिशालीहरूलाई ७० प्रतिशत कर लगाउनुपर्ने बताएका छन् । माइक्रोसफ्टका संस्थापक गेट्सले धनीहरूका लागि बढी भन्दा बढी प्रगितिशील कर लगाउनुपर्ने भन्दै यस्तो बताएका हुन् ।

फोब्र्सका आधारमा गेट्सको सम्पत्ति ९६.७ अर्ब अमेरिकी डलर बराबरको छ ।

एक करोड अमेरिकी डलर भन्दा बढी सम्पत्ति भएकाहरूलाई ७० प्रतिशतको कर माग गर्नेहरूप्रति उनले समर्थन जनाएका हुन् ।


द भजलाई दिएको एक अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । उनले भने “विश्वका धनीहरूमध्ये अधिकांशले अरूको सम्पत्ति खरिद र बिक्री गरी मात्र सम्पत्ति जोडेका छन् ।” 

उनीहरूको सम्पत्तिमा लाग्ने नियमित कर  लागेको छैन् । अमेरिकाका शीर्ष तहका चार सय आयआर्जन गर्नेहरूले समग्रमा २० प्रतिशत कर मात्र तिरेका छन् । जबकि सबै भन्दा कम साधारण आय कर ३९.६ प्रतिशत हुन्छ ।

त्यसले अहिलेको जुन परिदृश्य सम्पत्तिशालीहरूको देखिन्छ त्यो गलत परिदृश्य हो ।

उनले कुनै राजनीतिज्ञको नाम नलिई जसले उग्र कर प्रणालीको प्रस्ताव गर्नेलाई सही भएको बताए । घुमाउरो पाराले उनले अलेग्जेन्ड्रिया ओकासियो कोर्टेजको कर प्रस्तावलाई समर्थन गर्न पुगेका हुन् ।

सिनेटर एलिजाबेथ वारनले पाँच करोड अमेरिकी डलर भन्दा बढी सम्पत्ति हुने घरपरिवारलाई कर लगाउनुपर्ने प्रस्तावलाई अगाडि बढाइरहेकी छिन् ।