कतारले फिफा २०२२को लोगो सार्वजनिक ग-यो

कतारले फिफा २०२२को लोगो सार्वजनिक ग-यो

काठमाडौ । सन् २०२२मा सम्पन्न हुने फुटबल विश्व कपको लोगो कतारले सार्वजनिक गरेको छ ।

अब आउने विश्वकप कतारको राजधानी दोहामा हुने भएको छ ।

त्यसको तयारीका लागि कतारले यसका वरिपरिका शहरमा आइपुग्ने पर्यटकहरूको लागि बस्ने प्रवन्धमा ध्यन दिइरहेको छ ।

अरबी शैलीको सेता शलमा महरून रंगको प्याटर्न राखी मुटु आकारको फिफा वल्र्ड कप कतार २०२२ लेखिएको छ ।

घोडाचढी सेनाहरूको परेड र उत्सवबीच कतारले फिफाको लोगो सार्वजनिक गरेको हो ।

सन् २०२२को नोभेम्बर र डिसेम्बर महिनामा फिफा वल्र्ड कप हुनेछ ।

कतारमा आयोजना पाउने अनुमतिका विरूद्ध विभिन्न विवादहरू सार्वजनिक भएका थिए ।