भेनेजुएला प्रकरणः नेतृत्व बनाउन गुआइदोलाई अमेरिकाले ठूलो लगानी गरेको थियो

भेनेजुएला प्रकरणः नेतृत्व बनाउन गुआइदोलाई अमेरिकाले ठूलो लगानी गरेको थियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भेनेजुएलाका राष्ट्रपति जुआन गुआइदो हुन् । वासिंटनका घरानियाँहरूको नजरमा सुपात्र भएका गुआइदोलाई ट्रम्पले त्यहाँको राष्ट्रपतिमा सही ठहर गरे ।

ट्रम्पको योजनामा अमेरिकी गठबन्धनका ल्याटिन अमेरिकी र युरोपेली देशहरूले समर्थन पाएर एकाएक चर्चामा आएका गुआइदो जर्ज वासिङटन युनिभर्सिटीमा शिक्षित र तालिम प्राप्त व्यक्ति हुन् ।

भेनेजुएलाको राजनीतिमा लोकप्रिय नभएका गुआइदो एकाएक स्वघोषित राष्ट्रपति बनेर चर्चा पाए । गजव त के छने त्यहाँका प्रतिपक्षीहरूले पनि उनलाई पत्याएका छैनन् । भेनेजुएलाका निर्वाचित राष्ट्रपतिका निकोलास मुदुरोका प्रतिपक्षीहरूले पनि स्वघोषित राष्ट्रपति गुआइदोप्रति समर्थन जनाएका छैनन् ।

गुआइदोले स्वघोषणा गर्नु अघि गरिएको एक सर्वेक्षणमा ३५ वर्षीय गुआइदोलाई ८१ प्रतिशतले नचिनेको जनाएका थिए ।

तर, जब अमेरिकी उपराष्ट्रपति पेन्सको फोन गुआइदोलाई जनवरी २२ का साँझ प्राप्त भयो त्यतिखेरदेखि उनी भेनेजुएलामा चर्चा पाए । अमेरिकी उपराष्ट्रपति पेन्सले गुआइदोलाई भने  “राष्ट्रपति बन्ने भए स्वघोषणा गर ।”

उनले आफू राष्ट्रपति भएको घोषणा गरे । लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले समर्थन गरिहाले । ट्रम्पले भने “गुआइदो भेनेजुएलाका मुक्तिदाता हुन् ।”

यो घटनाक्रमको केही साताअघि मात्रै जनवरी ५ मा गुआइदोलाई भेनेजुएलाको राष्ट्रिय सभाको अध्यक्ष नियुक्त गरिएको थियो । गुआइदो सामुद्रिक किनार भएको एक जिल्लाबाट २६ प्रतिशत मत पाएर राष्ट्रिय सभामा प्रवेश पाएका थिए ।

गुआइदो आफ्नो ‘पपुलर विल’ पार्टीका शीर्ष नेता पनि थिएनन् । तर, उनको अमेरिकी तागत भनेको अमेरिकी नेताहरु जोन बोल्टन, एलियट अब्राम र माइक पोम्पे हुन् । पपुलर विलले सत्ता कब्जा गर्ने गैर संसदीय बाटो अपनायो । हालै भेनेजुएलामा सम्पन्न भएको निर्वाचनमा यो पार्टीले भाग लिएनन् ।

सन् २०१८ को निर्वाचनमा मदुरो निकटतम् प्रतिस्पर्धी थिएन हेनरी फल्कन । उदारवादी विचारका पक्षपाती हेनरी फल्कन ट्रम्पका प्रिय बन्न सकेनन् । किनभने उनले निर्वाचन बहिष्कार गरेका थिएनन् ।

अर्को प्रतिपक्षी पार्टी हेनरिक क्याप्रिलको छ । उनले मदुरोलाई सन् २०१३ मा पछयाएका थिए । उनले  हालैको एक अन्तर्वार्तामा प्रतिपक्षी पार्टीका अधिकांशले गुआइदोलाई समर्थन नगरेको बताएका थिए ।

भेनेजुएलाको राजनीतिक संकटको समाधान शान्तिपूर्ण वार्ताबाट निकालन मदुरोले प्रस्ताव गरेका छन् । तर, अमेरिकाले त्यसलाई बेवास्ता गरी स्वघोषित गुआइदोलाई सत्ता हस्तान्तरण गर्नुपर्ने दबाब दिइरहेको छ ।

मदुरोलाई किन सत्ता छाड्न भनेको पछाडि अमेरिकाले लोकतान्त्रिक मर्यादाको पालना गर्ने स्वांगमा सर्वाङ्ग देखिएको अङ्गलाई छोप्न एक वैधानिक वस्त्र खोज्नु रहेको छ ।

निर्वाचनमा भाग नलिएका व्यक्तिलाई, प्रतिपक्षीहरूले समेत समर्थन नगरेको व्यक्तिलाई एकाएक वैधानिक राष्ट्रपति बनाउने बाटो खोज्न मदुरोलाई सत्ताबाट हट्न दबाब दिएको देखिएको छ । वार्ताको माध्यमबाट गए गुआइदो बाहेकबाट अमेरिकी स्वार्थ पूरा नहुने देखिएपछि मदुरोलाई सत्ता च्युत गराउन खोजिएको हो ।

भेनेजुएलाको संविधानले राष्ट्रिय सभालाई राष्ट्रपतिले पद त्याग गरेपछि शक्ति प्राप्त हुने प्रवाधान तय गरेको छ । यो अन्तरिम राष्ट्रपतिले अर्को निर्वाचन नभएसम्मका लागि वैधानिक राष्ट्रपति हुनेछ । त्यसैले निर्वाचनबाट जितेका मदुरोलाई सत्ताबाट हट्न ट्रम्पले दबाब दिएका हुन् ।

तर मदुरो भेनेजुएलाको राजनीतिक समाधानका लागि यो बाटो अस्वीकार गरेका छन् । यो प्रावधान संविधानको धारा २३३ मा उल्लेख छ । यो प्रावधान अन्तर्गत निर्वाचित राष्ट्रपति छलकपट गरेको अभियोग लागेका बेला पद त्याग गर्नुपर्ने प्रावधान छ ।

उता त्यहाँको सर्वोच्च अदालतले मदुरोलाई वैधानिक राष्ट्रपति भन्दै गुआइदोको स्वघोषण र उनले गरेका कामलाई अवैधानिक भनिसकेको छ ।

मदुरोको विरूद्धमा कुनै मुद्दा दायर गरिएको छैन् । त्यसको सुनुवाइ भइ फैसला आएको छैन् । यस्तोमा मदुरोले त्यो धाराको उपयोगका लागि पदत्याग गर्ने कार्यलाई अनुचित भनेका छन् ।

संयुक्त राष्ट्रसंघका स्वतन्त्र विज्ञ अल्फ्रेड डे जायसले ट्विट गरेका छन् । उनले ट्विटरमा भनेका छन् – “धारा २३३ गुआइदोको स्वघोषणालाई वैध ठहर गर्ने प्रावधान होइन । यो सत्ता कब्जा नै हो ।”

अन्तर्राष्ट्रिय वैधानिकता लिन पहल

भेनेजुएलाका प्रतिपक्षी नेता जुआन गुआइदोले रूससँग सम्बन्ध बनाउन काम गर्ने भएका छन् । राष्ट्रिय सभाका उपप्रमुख जोस म्यानुएल ओलिभार्सले यस्तो बताएका हुन् ।

यसअघि गुआइदोका तेल कम्पनीका बोड सदस्य डेभिड स्मोलान्स्कीले गुआइदोले रूस र चीनसँग सम्बन्ध विस्तार गर्न खोजेको जनाएका थिए ।

तर, क्रेमलिनका प्रवक्ताले गुआइदो औपचारिक नेता नभएकाले उनीसँग काम गर्न रूस इच्छुक नभएको जनाएका छन् ।