रसुवामा प्रहरीले कन्टेनर चालकमाथि निर्घाट कुट्योः जनता भन्छन्, ‘प्रहरी मेरो साथी कि शत्रु ?’
रसुवा, १८ भदौ । ‘प्रहरी मेरो साथी’भन्ने नेपाल प्रहरीको 'मोवाईल एप' छ । प्रहरीले सहरका पोल, भित्ता र चोकहरुमा आफ्नो लोगोसहतिका यस्ता नारा टाँसेको देखिन्छ । तर प्रहरीको आचरणमा भने कुनै पनि सुधार आएको जनताले महशुस गरेका छैनन् ।
यदि प्रहरी जनताको साथी हो भने, सामान्य गल्ति गर्ने नागरिकलाई प्रहरीले हँसिलो मुख, मिठो बोली बचनले सम्झाई बुझाई गर्नुपर्छ । प्रहरीलाई चित्त नबुझ्ने कुरा कुनै नागरिकले गर्यो भन्दैमा बुटले बजार्ने पुरानै राजावादी, सामान्ति, र पञ्चायती शैली प्रहरीमा अझै पनि हावि भएको उनीहरुकै व्यवाहारबाट पटक-पटक पुष्टि हुँदै गएको छ ।
प्रहरी ज्यादतिको पछिल्लो नमुना भर्खरै रसुवामा प्रदर्शन भएको छ । अव्यवस्थित पार्किङ हटाउन गएका दुई प्रहरीले एक कन्टेनर चालकलाई निर्धात रुपमा कुटपिट गर्नुले ‘प्रहरी मेरो साथी’ नभई ‘प्रहरी मेरो शत्रु’ भन्ने कुरालाई पुष्टि गरेको भान हुन्छ ।
मंगलबार रसुवाको टिमुरे सडकखण्डमा बा६ख ४९२५ नम्बरको कन्टेनरका चालक आशिष तामाङलाई प्रहरी सहायक निरीक्षक र हवल्दारले मिलेर राम धुलाई गरेको भिडियो सर्वत्र भाइरल भएको छ ।
तर कन्टेर ड्राइभरलाई जगल्ट्याउँदै, पेट, छाती र शरीरका अन्य भागमा बुट बजार्दै लडाउँने प्रहरीको नाम भने रसुवा प्रहरीले गोप्य राखेको छ ।
रसुवाका प्रहरी नायब उपरीक्षक भोगेन्द्रपुरुष ढकालका अनुसार पार्किङ हटाउन गएका प्रहरीलाई चालकले पहिले अपशब्द बोलेका थिए । के भनेको ? भन्दै झम्टिन पुगेका प्रहरीलाई चालकले दुर्व्यवहार गरेपछि प्रहरीले नियन्त्रण लिँदा सामान्य धकेलाधकेल भएको भन्दै उनले दाबी गरेका छन् ।
तर उक्त भिडियो सार्वजनिक भएपछि प्रहरी संगठनकै को सर्वत्र आलोचना भइरहेको छ । यो घटनाको स्थानीयले विरोध गरेको भएतापनि प्रहरीले नटेरेको देखिएको छ । ड्राइभरको इज्जत छैन? यसरी कुटपिट गर्न मिल्छ? भन्दा ती प्रहरीले स्थानीयलाई नै हपारेको भिडियोमा सुन्न सकिन्छ ।
प्रतिक्रिया