तनावका बीच भारत पाकिस्तानका अधिकारी वार्ता
काठमाडौ । काश्मिरको विषयलाई लिएर भारत पाकिस्तानबीच चर्किएको तनावका बेला दुई देशका अधिकारीहरूबीच करतारपुर करिडोरका बारेमा छलफल भएको छ ।
भारतीय तीर्थ यात्रुहरूका लागि गर्ने भनिएको सम्झौतामा हस्ताक्षर हुन नसकेको हो ।
पाकिस्तानले भारतीय तीर्थयात्रुहरूसँग शुल्क लिने जनाएपछि बुधबार हुने भनिएको सम्झौता हुन नसकेको हो ।
दुबै देशका अधिकारीहरूले अट्टारीमा भेटेका थिए ।
गुरूद्वारा करतारपुर साबिह सिखहरूको धार्मिक स्थल हो ।
सिख धर्मावलम्बीहरूका लागि पहुँच कायम गर्न यो सम्झौता गर्न खोजिएको हो ।
साथै पाकिस्तानले त्यहाँ भारतको कन्सुलर अफिस खोल्न गरेको प्रस्तावलाई पनि अस्विकार गरेको हो ।
पञ्जाबको खालिस्तानी विद्रोहीका गोपाल सिंह चावलालाई पाकिस्तान सिख गुरूद्वारा प्रवन्धक कमिटिमा समावेश गरेको कदमलाई भारतले विरोध जनाएको छ ।
भएको दुई पक्षीय समझदारी अनुसार दैनिक ५ हजार तीर्थ यात्रा त्यो गुरूद्वारा पुग्ने छ ।
सिख गुरू नानकको जन्मजयन्ती र वैशाखी जस्ता अवसरमा थप ५ हजार तीर्थयात्री पनि पुग्ने समझदारी भएको जनाइएको छ । ।
नोभेम्बरमा ५५०औं जन्मजयन्ती मनाइने भएको छ ।
यस विषयमा अर्को बैठक अर्को साता हुन सक्ने देखिको छ ।
प्रतिक्रिया