बिग्रेको सम्बन्ध सुधार्न क्यानाडाले चीनका लागि नयाँ राजदूत तोक्यो
काठमाडौ । चीनसँग बिग्रेको सम्बन्ध सुधार्न क्यानाडाले बुधाबार चीनका लागि नयाँ राजदूत तोकेको छ ।
टेक्नलजि क्षेत्रको ठूलो चिनियाँ कम्पनी हुवावेइका उच्च कार्यकारीलाई क्यानाडाले पक्राउ गरेदेखि चीन र क्यानाडाबीचको सम्बन्ध बिग्रेको हो ।
क्यानाडियाली प्रधानमन्त्री जस्टिन ट्रडोले एक व्यापारीलाई बुधबार राजदूत नियुक्त गरे ।
उनले म्याककिन्से एन्ड कम्पनीका प्रभावशाली पूर्व वैश्विक प्रवन्ध निर्देशक डोमिनिक बार्टोनलाई चीनका लागि क्यानाडाको राजदूतको रूपमा नियुक्त गरेका हुन् ।
बार्टोन ट्रडोको आर्थिक सल्लाहकार परिषदका प्रमुख हुन् ।
क्यानाडास्थित चिनियाँ दूतावासले बार्टोनको मनोनयनलाई चीनले स्वीकार गरेको जनाएको छ ।
दूतावासले बार्टोनले दुई देशबीचको सम्बन्ध सुधार र प्रबद्र्धन गर्न र दुई देशबीचको सम्बन्धलाई सही ठाउँमा ल्याउन सकारात्मक भूमिका खेल्ने चीनले विश्वास लिएको जनाएको छ ।
डिसम्बर १मा हुवावेइका संस्थापककी छोरीलाई क्यानाडा सरकारले भान्काउभर विमानस्थलमा गिरफ्तार गरेपछि दुई देशबीचको सम्बन्ध गम्भीररूपमा बिग्रेको थियो ।
यसको जवाफमा चीनले क्यानाको माइकल कोभरिंग र माइकल स्पाभरलाई पक्राउ ग¥यो ।
साथै चीनले क्यानाडाको उत्पादन चीनमा आयात गर्न बन्द ग¥यो ।
नवनियुक्त राजदूत बार्टोनले १२ वर्ष एसियामा काम गरेको अनुभव बटुलेका छन् ।
प्रतिक्रिया