एक सातामै डेगुका विरामी ६६ प्रतिशतले बढे, मन्त्रीज्यू, घट्न कहिले देखि शुरू हुन्छ ?

एक सातामै डेगुका विरामी ६६ प्रतिशतले बढे, मन्त्रीज्यू, घट्न कहिले देखि शुरू हुन्छ ?

काठमाडौ । राजधानी लगायत देशका विभिन्न ठाउँमा डेंगुका बिरामीको पहिचान हुन शुरू भए पनि स्वास्थ्य मन्त्रालयको गतिविधि सुस्त देखिएको छ ।

एक सातामा डेंगुको विरामीहरूको पहिचान पोखरा, चितवन र काठमाडौंजस्ता शहर बजारमा द्रुत गतिमा बढेर एक सातामा ६६ प्रतिशतले बढेको पाइएको  छ । 

लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगबाट पीडितहरूको संख्या सरकारी रेकर्ड अनुसार गत साता १,५३७ रहेको थियो । यो बुधबार यो संख्या बढेर २,५५९ पुगेको हो ।

प्रतिशतका आधारमा मकवानपुरमा ८४ प्रतिशतले बढेको देखिएको छ । चितवनमा ९४ प्रतिशतले बढेको छ ।

डेंगुको लामखुट्टेलाई विस्तार हुन वर्षाले सहयोग गरिरहेको सरकारी अधिकारीहरूको भनाइ छ ।

डेंगु रोगीको संख्या बृद्धि तालिका


सरकारी अधिकारीहरूले डेंगुको  उपचार र रोकथामका लागि ध्यान दिइएको बताइरहेका छन् । 

जलवायु परिवर्तनको समस्याले पनि डेंगुलाई विस्तार हुन सहयोग पु¥याइरहेको छ ।
जनताले सोध्न लागेका छन् । मन्त्री ज्यु डेंगुको विस्तार कहिलेदेखि घट्न थालेको छ ।