कृषी मन्त्री खनाललाई डेंगुको संक्रमण, अस्पताल भर्ना
काठमाण्डौ, १९ भदौ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ ।
उनले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । गत शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो ।
एक सातामै डेगुका विरामी ६६ प्रतिशतले बढे, मन्त्रीज्यू, घट्न कहिले देखि शुरू हुन्छ ?
ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गरिएको हो । परीक्षणमा डेंगु भएको पुष्टि भएपछि उनलाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया