मन्त्री लालबाबुको चेतावनीः खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ
सप्तरी, १९ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने चेतावनी दिएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका प्रदेश २ को पहिलो बाल मैत्री नगरपालिका विहीबार एक भव्य कार्यक्रमबीच घोषणा गर्दे मन्त्री पण्डितले मन्त्रालयमा भएको निर्णय अनुसार कर्मचारी खटाएको ठाउँमा नगए कारवाही हुने बताए । तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केही पनि नपाउने बताउँदै उनले २१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्त हुन्छ भने ।
उनले नयाँ र पुराना राष्ट्रसेवक काम गर्न तयार नभए बेरोजगार रहेका लाखौं युवाका लागि रोजगारीको बाटो खुल्ने बताउँदै भने, ‘हाम्रो देशमा लाखौं युवा बेरोजगार छन्न्, उनीहरुलाई विदेश पठाउनुभन्दा स्वदेशमै रोजगार दिएर उनीहरुको भविष्य उज्वल हुनेछ ।’
उनले लोक सेवाको विज्ञापनको बारेमा चर्चा गर्दे भने, ‘स्थानीय तहमा नौ हजार १६१ दरबन्दीका लागि साढे चार लाख युवाले प्रतिस्पर्धा गरिरहेका छन् तर केहीले भ्रम छरिरहेका छन तर ती कुरा हराउँदै गएका छन् ।’
अब टीका र आशिर्वादको भरमा जागिर पाउने दिन गएको बताउँदै मन्त्री पण्डितले योग्य, प्रतिस्पर्धामा आउनेहरुले मात्र जागिर पाउने र अस्थायी भए, ज्यालादारी भए करारमा आए मलाई प्रतिस्पर्धा गर्नुपर्देन् स्थायी जागिर हुन्छ भन्ने सोच्नु अब असम्भव रहेको बताए
प्रतिक्रिया