बेलायती प्रधानमन्त्री भन्छन् –बरू मर्न तयार छु ..”
काठमाडौ । आफ्नै पार्टीका सांसदहरूले विरोधमा मतदान गरेपछि संकटमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले निर्धारित समयमा युरोपियन युनियनबाट निकाल्न नसके खाल्डोमा मर्छु भनेका छन् ।
प्रधानमन्त्री जोन्सनले भने “ बरू मर्न तयार छु र ब्रेग्जिटको निर्धारित समय सीमालाई विस्तार गर्न युरोपियन युनियनलाई आग्रह गर्दिन् ।”
उनको यो टिप्पणी वेस्ट योर्कशायमा रहेको प्रहरी तालिम केन्द्रमा गरेको सम्बोधनका क्रममा गरेका हुन् ।
तपाई ब्रसेल्स गएर ब्रेग्जिटको समय सीमा बढाउनका लागि आग्रह गर्न जान्नु हुन्न भनी सोधिएको प्रश्नको जवाफमा उनले भने “ उड रादर बि डेड इन अ डिच(बरू कुनै खाल्डोमा मरिदिन्छु)”
त्यसो भए राजीनामा दिनु हुन्छ भनी सोधिएको प्रश्नको जवाफमा उनले भने “ब्रग्जिट पूरा गराउँछु ।
यसमा हुने ढिलाइको समग्रमा कुनै अर्थ हुने छैन् ।”
तर बोरिसले गरेको यो वाचा पूरा गर्न सजिलो भने छैन् । उनले संसदमा एक प्रस्तावमा बहुमत गुमाएका प्रधानमन्त्री हुन् ।
धेरैले भने प्रधानमन्त्री जोन्सन बोलीको ठेकान नभएका मानिस हुन् । उनले विगतमा गरेका धेरै वाचाहरू पूरा गरेका छैनन् ।
प्रतिक्रिया