कमजोर टेक्नलजिका कारण एटीएमबाट पैसा निकाल्न सीमा तोकियो

कमजोर टेक्नलजिका कारण एटीएमबाट पैसा निकाल्न सीमा तोकियो

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय प्रतिष्ठानहरूलाई प्रविधिमा आधारित कार्ड र चीपमा आधारित कार्डलाई तीन महिना भित्र फेर्न निर्देशन दिएको छ ।

चिनियाँ ह्याकरहरूले नेपालको टेक्नलजि आधारित बैंकिङ सिस्टमबाट करौडौ रूपियाँ निकाल्ने घटना सार्वजनिक भएपछि गरिएको अनुसन्धान पछि केन्द्रिय बैंकले यस्तो निर्देशन दिएको हो ।

टेक्नलजि सिस्टममा बैकिङ प्रणाली भएपनि तिनका सिस्टम बलियो नभएको देखिएकोले बैक र वित्तीय प्रतिष्ठानहरूलाई सुधार गर्न तीन महिनाको समय दिएको हो ।

बैंकबाट ह्याकरहरूले करोडौ रकम निकालेको घटना पछि केन्द्रिय बैंकले एक छानबिन कार्यदल गठन गरेको थियो ।

कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजनमा बनेको सो कार्यदलले नेपालका १७ बैंकका ६८ एटीएमबाट १ करोड ८९ लाख र भारतका २४ बैंका १३२ एटीएमबाट ३ करोड ५८ लाख रूपिया झिकेको  जानकारीसहितको प्रतिवेदन तयार गरेको हो ।

रकम झिअर्को विधि एटीएमबाट निकाल्ने रकमको सीमा तोकिएको छ ।

सिंगापुरका फरेन्सिक विज्ञको सहयोगमा प्रतिवेदन तयार गरेको हो ।

टेक्नलजिको यो प्रणाली बलियो नभएसम्म एटीएमबाट एक पटकमा २० देखि २५ हजारसम्म झिक्न पाउने सीमा तोकिएको छ ।

दैनिक रूपमा एटीएमबाट ६० हजार देखि १लाखसमम निकाल्न पाउने सिफारिस त्यो टोलीले गरेको छ ।

समितिको सिफारिश बमोजिम दैनिक एक पटकमा २० हजार दिनको ३ पटक मात्र रकम निकाल्न पाउने व्यवस्था गरिएको हो ।