वीरगञ्जमा विद्यालय हिँडेकी किशोरीमाथि एसिड प्रहार 

वीरगञ्जमा विद्यालय हिँडेकी किशोरीमाथि एसिड प्रहार 

पर्सा, २० भदौ । वीरगञ्जमा एक किशोरीमाथि एसिड प्रहार भएको छ ।

गणेशमानचौकमा शुक्रबार बिहान १५ वर्षीया केशोरीमाथि विद्यालय जाने क्रममा छपकैया निवासी किशोरीमाथि २ जना युवकले तेजाब प्रहार गरेका हुन् । 

तेजाबबाट किशोरीको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको छ । 

तेजाब प्रहारबाट घाइते भएकी किशोरीको नारायणी अस्पतालमा उपचार हुन नसकेकोले काठमाण्डौका लागि रिफर गरिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
किशोरीमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । 

बिहान ६ बजे विद्यालय जान लागेकी किशोरीमाथि सम्सादले एसिड प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीलेबताएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । 
किशोरी वीरगञ्जको त्रिभुवन हनुमान माध्यमिक विद्यालायको कक्षा ९ मा अध्ययनरत थिइन् ।