साँझ पाँच बजे चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै, यस्तो छ भ्रमणको उद्देश्य
काठमाण्डौ, २२ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै छन् । बेलुका ५ बजे काठमाण्डौ आइपुग्ने उनले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ विदेशमन्त्री यी ले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नेछन् । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको तयारीका क्रममा नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआआई)मा सहयोगसम्बन्धी कार्यादेश र कार्ययोजनाका आधरा तय हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोमबार हुने परराष्ट्रमन्त्री स्तरीय द्धिपक्षीय वार्तामा दुई देशबीच भएका सम्झौता र तिनको कार्यान्वयनको अवस्था, अबका सम्भावना, आर्थिक साझेदारी, रेलमार्गलगायतका विषयमा पनि छलफल गर्ने तयारी छ ।
प्रतिक्रिया