उमेर पुगेकोले मात्र हेर्न मिल्ने चलचित्र

उमेर पुगेकोले मात्र हेर्न मिल्ने चलचित्र

नयाँ दिल्ली । राष्ट्रिय पुरस्कार प्राप्त डकुमेण्ट्री ‘राम के नाम’ युट्युबमा हेर्न उमेर हद तोकिएको छ । चर्चित चलचित्र निर्माता आनन्द पटवर्धनको बाबरी मस्जिद विध्वंसमा आधारित यो डकुमण्ट्री हो । तर, कति उमेर हद तोकिएको छ भन्ने उनले भारतीय सञ्चारमाध्यममा पनि खुलासा गरेका छैनन् ।

यसका निर्देशकले भारतीय सञ्चारमाध्यमा भनेका छन्, भिडियो सार्वजनिक गर्ने वेबसाइटमाथि ‘हिन्दुत्ववादी गुण्डा’ हरुले कडा ध्यान दिइरहेका छन्, उनीहरु धर्मनिरपेक्षतावादी सामग्री खत्तम गर्न चाहन्छन । यो भिडियोले अयोध्यामा बाबरी मस्जिदको स्थानमा राम मन्दिर निर्माणको लागि हिन्दु राष्ट्रवादी विश्व हिन्दु परिषदको अभियानका कारण भड्केको साम्प्रदायिक हिंसा देखाएको छ । यो हिंसा सन् १९९२ मा भड्केको थियो ।

केन्द्रीय फिल्म प्रमाणन ब्यूरोले यसलाइ ‘यू’ वर्गको प्रमाण दिएको थियो । सन् १९९६ मा उच्च न्यायालयले प्रसारण अनुमति दियो । यसको लगत्तै दूरदर्शनको प्राइम टाइममा देखाइएको थियो । तर, रिलिज भएको २८ वर्षपछि वयस्कको लागि मात्र देखाउन लाइक भनेर युट्युव च्यानल हच्किएको छ । जबकि ‘यू’ प्रमाणको अर्थ हुन्छ सबै उमेरकाले हेर्न मिल्ने । गएको आइतवार यसका निर्देशकले फेसबुकमा लेखेका छन्, ‘युट्यूब यसपटक फेरि हिन्दुत्ववादी गुण्डालाई ध्यान दिँदैछ । उनीहरु चाहन्छन् सबै धर्र्मिनरपेक्ष सामग्री खत्तम हुन ।’