प्रतिनिधिसभामा देउवाको समिति हेरफेर
काठमाडौं, २२ भदौ । प्रतिनिधिसभामा नेपाली काँग्रेसका सभापति एवम् सांसद शेरबहादुर देउवाको समिति हेरफेर गरिएको छ । देउवाको विकास तथा प्रविधि समितिबाट कानुन न्याय तथा मानवअधिकार समितिमा हरेफेर भएको हो ।
अन्य सांसदहरुको समिति पनि हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रस्तुत गरिएको हेरफेर प्रस्ताव सभाले अनुमोदन गरेको हो ।
समिति हेरफेर भएकाहरुमा देवप्रसाद तिमल्सिना– कानुन न्याय तथा मानवअधिकार समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महेन्द्र कुमारी लिम्बु– कानुन न्याय तथा मानवअधिकार समितिबाट महिला तथा सामाजिक समिति र कर्मा घले– महिला तथा सामाजिक समितिबाट कानुन न्याय तथा मानवअधिकार समितिमा हेरफेर भएको छ । त्यसैगरी सञ्जयकुमार गौतम– कानुन न्याय तथा मानवअधिकार समितिबाट विकास तथा प्रविधि समितिमा, स्मृतीनारायण चौधरी– कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट कानुन न्याय तथा मानवअधिकार समितिमा हेरफेर भएका छन् ।
प्रतिक्रिया