नगरप्रमुख र उपप्रमुख एकअर्का बिरुद्ध कानुनी संघर्षमा

 नगरप्रमुख र उपप्रमुख एकअर्का बिरुद्ध कानुनी संघर्षमा

जनकपुर, २२ भदौ । धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुख एक अर्काबिरुद्ध कानुनी संघर्षमा उत्रिएका छन् ।

नगरपालिकाको केन्द्र सार्ने वा नसार्ने बिषयमा प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु पक्षबीच केही दिनअघि भएको झडपमा स्थानीय तपेश्वर मण्डलको मृत्यु भएपछि बिवाद अझैं चर्किएको हो । 

गत साउन २१ गते हंसपुर नगरपालिकाको कार्यालय सार्ने बिषयलाई लिएर प्रहरी र स्थानीयबीच झड्प हुँदा घाइते भएका तपेश्वरको उपचारको क्रममा भदौ १८ गते साँझ जनकपुुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।

तपेश्वरको मृत्यु हुने गरी भएको झडपमा प्रमुख मण्डल पक्ष दोषी रहेको भन्दै उपप्रमुख पक्षका मानिएका मृतकका छोरा राजकुमारले नगरप्रमुखसहित चार जनाबिरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएका थिए ।
 
नगरप्रमुख मण्डलसहित वडा नम्बर ३ का वडाअध्यक्ष उदय सिंह, कार्यपालिका सदस्य श्याम राउत र वडा नम्बर ४ का स्थानीय लालबाबु यादवमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए ।

नगरप्रमुख लगायत बिरुद्ध मुद्दा दायर भएको ३ दिनपछि आज प्रमुख मण्डल पक्षधरहरुले उपप्रमुख झासहित वडा नम्बर २ का वडा अध्यक्ष उदय साह र वडा नम्बर २ का किशोरी यादव बिरुद्ध जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । नगरप्रमुख मण्डल पक्षहरुले आज जनकपुरमा शक्ति प्रदर्शन गर्दै उपप्रमुख लगायत बिरुद्ध मुद्दा दत्र्ता गराएका छन् । 

हंसपुर चौकबाट ट्रयाक्टर, मोटरसाइकल लगायतका सवारी साधनमा आएका प्रदर्शनकारीहरुले उपप्रमुख झा विरुद्ध नारा जुलुस समेत लगाएका थिए ।