काठमाडौं विमानस्थलबाट डेढ किलो सुनसहित तीनजना समातिए
काठमाडौं, २३ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो चार सय ग्राम अवैध सुनसहित तीनजना पक्राउ परेका छन् । भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले हिमालय एयरलाइन्सको जहाज मार्फत दोहाबाट आएका होमबहादुर गुरुङलाई सुनसहित पक्राउ गरेको हो ।
विमानस्थल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार सुन ‘रिसिभ’ गर्न आएका अन्य दुईजना समेत पक्राउ परेका छन् । होमबहादुर गुरुङ वैदेशिक रोजगारीबाट स्वदेश फर्किन लागेका थिए ।
सुन तस्करले कमिसनको लोभमा वैदेशिक रोजगारीबाट नेपाल आउने नेपालीलाई सुन तस्करीमा प्रयोग गर्दै आएका छन् । सुन र पक्राउ परेकाहरुमाथि भन्सार कार्यालयले आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया