रसियासँग चाभेजको सम्बन्ध र भेनेजुयला संकट

रसियासँग चाभेजको सम्बन्ध र भेनेजुयला संकट

ह्युगो चाभेजले सन् २००९ मा भनेका थिए ,‘रुस पुनः विश्वको सर्वोच्च शक्तिशाली बन्छ र भेनेजुयला ल्याटिन अमेरिकाको शक्तिको केन्द्र बन्नेछ ।’ उनले त्यो किन भने ? धेरैलाई प्रश्न थियो । तर, उनको देश अहिले अन्तर्राष्ट्रिय बहसको केन्द्रमा छ । 

उनले भनेको केही पछि  गद्दाफी मारिए । असदको सरकारलाई रसियाको सैन्य सहयोग प्राप्त भएको छ । भेनेजुयलामा चाभेजको उत्तराधिकारी निकोलस मदुरो आन्तरिक कारणले समस्यामा छन् । राजधानी काराकासका सडक आन्दोलनकारीहरुले भरिएका छन् । दक्षिणी अमेरिकी मुलुक र संयुक्त राज्य अमेरिकाले विपक्षी नेतालाई समर्थन गरी वैधानिक सरकारको विपक्षमा उभिएको छ । युरोपेली संघले सहानुभूति मात्र देखाएको छ भने रसियाले मधुरोको पक्षमा लबिङ गरेको छ ।

अमेरिकी विरोधी चर्चित व्यक्ति हुनु नै चाभेजको मुख्य पक्ष हो । तर, सन् २००८ मा मिडभेडेभ र भ्लादिमिर पुटिन राष्ट्रपति र प्रधानमन्त्रीका रुपमा उदयपछि परिस्थितिमा परिवर्तन भयो । तेलको मूल्य ओरालो लागेपछि रसियालाई आर्थिक मार प¥यो । विश्वभर आर्थिक संकट देखियो । त्यतिखेर जर्जियासँग रुसको युद्ध भइरहेको थियो । 

चाभेजले पुटिनका सबैभन्दा नजिकका व्यक्ति इगोर सेचिन अर्थात् तत्कालीन ऊर्जा उपमन्त्रीको प्रभावशाली कूटनीतिमाथि प्रभाव पार्न सफल भएका थिए । सार्थक रणनीतिले भेनेजुयला, निकारागुवा र क्युवाले रसियाको रणनीतिलाई सहयोग गरेको थियो । यही कारणले क्रेमलिनले रसियन हतियार किन्न भेनेजुयलालाई २.२ बिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो । रुसले भेनेजुयलाको पाँच ठूला तेल ऊर्जा आयोजनामा संयुक्त लगानी गरेको थियो । अहिले पाँचमध्ये चारले आफ्नो लगानी फिर्ता लगिसकेका छन् । सन् २००६ देखि रसियाले १७ बिलियन अमेरिकी डलर लगानी गरेको छ । केही ऋणमा पुनर्संरचना गरिएको छ । पछिल्लो समयमा रोज्नेफ्ट भन्ने रसियन तेल कम्पनीमार्फत भेनेजुयलाले रसियासँग छ बिलियन अमेरिकी डलरको अपेक्षा गरेको छ । 

रसियाको विशिष्टतालाई स्वीकार गर्दै परस्पर लेनदेनमा रोज्नेफ्टलाई थप तेल उत्पादनको अनुमति दिने पक्षमा राष्ट्रपति मदुरो छन् । कम्युनिष्ट देशमा रसियाले भेनेजुयलालाई सहयोग गर्नुपर्छ भन्ने बहस शुरु भएको छ । युक्रेन र जर्जियामा रसियाले राखेको धारणाप्रति जसरी अमेरिकाले विरोध गरेको थियो, सोही अनुसार रसियाले पनि भेनेजुयलामा अमेरिकाको धारणा विरुद्ध सहयोग गर्नुपर्छ भन्ने धारणा आएको हो । रसियाको प्रभाव क्षेत्रमा अमेरिकाले छद्म युद्ध गरेको भन्दै त्यसको विरोध गर्नुपर्ने धारणा क्रेमलिनमा देखिएको हो । 

गत वर्षको डिसेम्बरमा मदुरोले मस्कोको भ्रमण गरेपछि भेनेजुयलामा झनै दबाब बढेको हो । उनको भ्रमणको दुई दिनपछि दुई वटा अणुबम वर्षक टियु–१६० काराकास पठाएपछि अमेरिकी स्टेट स्रेक्रेटरी माइक पोम्पेओले भेनेजुयला सरकारको कडा विरोध गरेका थिए । यो सँगै अमेरिकाको नेतृत्वमा भेनेजुयलाको तेल बजारमा घेराबन्दी हुँदै आएको छ । यसले गर्दा भेनेजुयलाको अर्थतन्त्रमा नराम्रो असर परेको छ । आगामी दिनमा चाभेजले रसियासँग बनाएको सम्बन्धले निकोलस मदुरो अर्थात् चाभेजका उत्तराधिकारीलाई परेको संकट टार्न कत्तिको कामयाबी हुन्छ भन्ने विषयमा रसिया, भेनेजुयला र बाँकी विश्वमा तीब्र बहस चलेको छ ।

भेनेजुएलामा अहिले आएको संकट विश्वका अन्य मुलुकमा पनि पर्नसक्छ । यो हरेक मुलुकको स्वाधीनतासँग सम्बन्धित मुद्धा हो । चाभेजले भने जस्तै भेनेजुयला ल्याटिन अमेरिकाको शक्तिको केन्द्र बन्ने सम्भावना भएकाले अमेरिकाले उसमाथि लामो समयदेखि दवाव सिर्जना गरेको हो । अमेरिका ल्याटिन अमेरिकी देशमा अर्काे क्युवा देख्न चाहदैंन ।