चन्द्रागिरी ‘ट्रेकिङ’मा रमाए चिनियाँ विदेशमन्त्री वाङ यी
काठमाडौं, २३ भदौ । आइतबार साँझदेखि नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौ नजिकैको चन्द्रागिरि पहाडमा ‘टे«किङ’ गरेका छन् ।
सोमबार बिहान भ्रमण टोलीका साथमा चन्द्रागिरि पुगेका यीले झन्डै डेढ घन्टा ट्रेकिङ गरेका हुन् ।
केबुलकारबाट माथि पुगेपछि पैदल यात्रा गरी उनी करिव डेढ घण्टा घुमेको चन्द्रागिरी हिल्सका महाप्रवन्धक अभिषेकविक्रम शाहले बताए ।
चन्द्रागिरीले नेपालको भौतिक विकासमा गतिलो उदाहरण दिएको बताउँदै यीले अन्य क्षेत्रमा पनि उपयुक्त पूर्वाधार बनाएर नेपालले पर्यटकलाई आकर्षित गर्न सक्ने धारणा राखेका थिए ।
प्रतिक्रिया