अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी राष्ट्रपति रूहानीसँग भेटवार्ता गर्ने
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रपति हसन रूहानीसँग भेटवार्ता गर्न कुनै समस्या नभएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा यो महिना यी दुई नेताबीच भेटवार्ता हुन सक्ने आंशका बढिरहेका बेला ट्रम्पले यस्तो बताएका हुन् ।
अमेरिकी राष्ट्रपति कार्यालयमा नर्थ क्यारोलिना जान अघि गरिएको हेलिकप्टर प्रेस सम्मेलनमा ट्रम्पले रूहानीसँगको भेटवार्ता हुन सकने संकेत दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले यो बोल्नु अघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रूहानीसँग ट्रम्प बिना कुनै शर्त भेट्न चाहिरहेको र अमेरिका इरानसँग युद्ध गर्न नचाहेको बताएका थिए ।
पोम्पेओले भने “यसबारे निर्णय लिन त्यहाँका आयातुल्लाको निर्देशनमा भर पर्नेछ ।” सञ्चार माध्यमहरूले इरानका सर्वोच्च नेता आयातुल्ला खामेनीले अमेरिकासँग वार्ता गर्ने विषयको विपक्षमा रहेको जनाइएका बेला पोम्पेओले यस्तो बताएका थिए ।
सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतात्याहुले इरानले परमाणु हतियार विकास स्थल लुकाउन खोजेको आरोप लगाएका थिए ।
नेतान्याहुले दक्षिणी इसफहानको अब्देहमा इरानले परमाणु हतियार विकास गरिरहेको जनाएका थिए ।
।
प्रतिक्रिया