उत्तर कोरिया सेप्टेम्बरको अन्त्यतिर अमेरिकासँग परमाणु वार्ता गर्न खोज्यो
काठटमाडौ । उत्तर कोरियाले अमेरिकासँग परमाणु सम्बन्धी विषयमा सेप्टम्बरको अन्त्यतिर फेरि नयाँ वार्ता शुरू गर्न खोजेको जनाएको छ ।
परमाणु सम्बन्धी विषयमा अमेरिकाले नयाँ बाटो लिएर नआएर यस विषयमा कुनै सम्झौता नहुने चेतावनी दिँदै उत्तर कोरियाले यो चाहना व्यक्त गरेको हो ।
उत्तर कोरियाली उप विदेशमन्त्री चो सोन हुइले अमेरिका र उत्तर कोरियाबीच सेप्टेम्बरको अन्त्यतिर हुने भेटवार्तामा बृहत छलफल होस भन्ने उत्तर कोरियाको चाहना रहेको बताए ।
साथै उनले दुई पक्षबीच समय र स्थानमा सहमति भइसकेको कोरियाली अधिकारीहरूले जनाएका छन् ।
तर अमेरिका विदेश विभागका एक प्रवक्ताले बैठकबारे आफूहरूलाई केही थाहा नभएको जनाएको रोयटर्सले उल्लेख गरेको छ ।
प्रतिक्रिया