नेपाली मुद्रासँग बिहारमा समातिएका अमेरिकी नागरिक डेभिडलाई पाँच वर्षको जेल सजाय

नेपाली मुद्रासँग बिहारमा समातिएका अमेरिकी नागरिक डेभिडलाई पाँच वर्षको जेल सजाय

काठमाडौ । नेपाली मुद्रासँग बिहारको सीमावर्ती क्षेत्र खौनाबाट सीमासुरक्षा बलका जवानद्वारा समातिएका अमेरिकी नागरिक क्युङ डेभिड डुहयनलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

अपर मुख्य न्यायाकि दण्डाअधिकारी रश्मिको अदालतले उनलाई यो सजाय सुनाएको हो 

दुबै पक्षबाट भएको बहस पैरवीको सुनुवाइ सकिएपछि  न्यायाधीशले ५ वर्षको जेल सजाय र दुई हजार जरिवाना तोकेको छ ।

२० मार्च २०१८देखि डेभिडलाई न्यायिक हिरासतमा राखिएको छ ।

बासोपट्टी थाना अन्तर्गत खौनाबाट १९ मार्च २०१९मा राति ८ बजे सीमा सुरक्षा बलका जवानहरूले नेपाली, अमेरिकी र कोरियाली मुद्राका साथ डेभिडलाई पक्राउ गरेका थिए ।

१९१९ अमेरिक डलर,५६०७० कोरियन रुपैया ,२६६५ नेपाली रूपैयाँ दिशासूचक यन्त्र एवं अन्य संदिग्ध सामान बरामद गरिएको थियो ।

विदेशी नागरिक कानुनको धारा १४ अन्तर्गत बासोपट्टी थानामा सीमा सुरक्षा बलका अधिकारी श्यामा चरण वर्मनले उजुरी दर्ता गरेका थिए ।

भारतीय सीमा प्रवेश गरेका डेभिडसँग भारतमा प्रवेश गर्ने भिजा नभएकाले पक्राउ गरिएको हो ।

डेभिडका वकिल रामशरण साहले यो निर्णय विरूद्ध उपल्लो अदालतमा पुनरावेदन गर्ने जनाएका छन् ।