संसदमा फेरि पनि नागरिकता विधेयक अल्झाउन खोजिदै
काठमाडौ एक वर्ष अघि संसदमा दर्ता भएको नागरिकता विधेयकलाई फेरि पनि सदनमा अल्झाउने खेल शुरू भएकोमा सरोकारबालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको जारी सत्र एक महिना भित्र समाप्त हुने भएको छ तर यो सत्रमा विधेयक पारित हुने सम्भावना नभएको सम्बद्ध स्रोतले जनाएको छ ।
संसदको राज्यव्यवस्था तथा सुशासन समितिले यो विधेयकलाई टुंगो लगाउन नसक्दा यो विधेयकमा मतदानका लागि प्रस्तुत नै हुँदैन् ।
प्रतिनिधि सभाबाट पारित भएपछि यो राज्य सभामा जान्छ र यो प्रक्रिया लामो भएकाले सांसदहरूले यसलाई अझ लम्ब्याउन खोजिएको देखिएको हो ।
यो विधेयकको विवाद मिलाउन यो समितिले बिजय सुब्बाको नेतृत्वमा ९ सदस्य उपसमिति बनाएको थियो ।
त्यो समितिले नेपाली नागरिकसँग विवाह गर्ने पुरूष र महिलालाई दिइने अंगीकृत नागरिकताको विषयमा देखिको विवाद मिलाउने जिम्मेवारी पाएको थियो ।
तर यो उपसमितिले यो विवाद सुल्झाउन सकेको छैन् ।
तर राज्यव्यवस्था तथा सुशासन समितिकी शशि श्रेष्ठले यो विधेयकलाई सक्दो चाँडो टुंगो लगाउने प्रयास गरिरहेको बताउने गरेकी छिन् ।
प्रतिपक्षी दलका सहभागी सांसदहरूले समितिको अध्यक्षको मनसाय नै यो विधेयकलाई लम्ब्याउनु रहेको देखिएको आरोप लगाएका छन् ।
प्रतिक्रिया