चिनियाँ सेनालाई विश्वस्तरमा पु-याउने श्वेत पत्र
काठमाडौ । चीनले सन् २०५०सम्म आफ्नो सेनालाई विश्वस्तरको सेनाको रूपमा विकास गर्ने एक रक्षा श्वेत पत्र जारी गरेको छ ।
तर मूलरूपमा चीनले आफ्नो सेनालाई त्यो अगाडि नै विश्वस्तरमा पु¥याउने गरी कार्य गरेको देखिएको छ ।
रिचार्ड ए बित्सिङ्गरले मोडर्नाइजिङ द चाइनिज मिलिटरी इन अन एज अफ इन्फोर्मेशन शीर्षकमा चीनले सेनालाई विश्वस्तरको बनाउन यो श्वेत पत्र जारी गरेको उल्लेख गरेका छन् ।
जनवादी गणतन्त्र चीनको स्थापना सन् १९४९मा भएकोले यसको शतवार्षिकीसम्म चीनले आफ्नो सेनालाई विश्वस्तरमा बनाउन खोजेको देखिन्छ ।
जारी गरिएको श्वेत पत्रमा यो लक्ष्य पाउन कार्यतालिका तय गरिएको छ ।
यो श्वेत पत्रि विगत चार वर्ष यता पहिलो पटक सार्वजनिक गरिएको देखिएको छ ।
जनमुक्ति सेनाको आधुनिकीकरण गर्न तीन बलियो रणनीतिक लक्ष्य निर्धारण गरिएको छ ।
पहिलो ल्यक्षको रूपमा सन् २०२०मा मेसिनीकरण रहेको छ ।
यसले सूचना ग्रहण गर्ने सन्दर्भमा महत्वपूर्ण हुने मानिएको छ ।
दोस्रो गोललाई सन् २०३५सम्म राष्ट्रिय प्रतिरक्षाको पूर्ण आधुनिकीकरण भनिएको छ ।
यसमा सैनिक सिद्धान्तको आधुनिकीकरण, संगठनात्मक संरचना, सैनिक जवान र हातहतियार एवं उपकरणजस्ता विषयलाई समावेश गरिएको छ ।
तेस्रो लक्ष्य २१ शताब्दीको मध्यसम्म जनमुक्ति सेनालाई विश्वस्तरमा पूर्णरूपमा रूपान्तरण रहेको छ ।
अगामी १५ वर्ष सेनाको आधुनिकीकरण प्रक्रिया सर्वाधिक निर्णायक चरण हुनेछ । यो सूचनाको युग हो । सूचनाको आधारमा लडाइ हुने र जितिने हो ।
प्रतिक्रिया