के प्रचण्ड शारदाको घरमा बस्दैमा शारदा शक्तिशाली हुन्छन् ? 

के प्रचण्ड शारदाको घरमा बस्दैमा शारदा शक्तिशाली हुन्छन् ? 

काठमाडैं । सैलुङ कन्स्ट्रक्सनले मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्याङ्की निर्माण गर्ने ठेक्का पाएपछि केही सञ्चामायमलाई टाउको दुखाईको विषय बनेको छ ।

मिडिया सत्ताको प्रतिपक्ष हुनुपर्छ भन्दैमा कानूनी मूल्य, मान्यता, निति, नियम पालना गरी केही कन्स्ट्रक्सन कम्पनीले सरकारी ठेक्का पाएकोमा मिडिया एकतर्फि रुपमा समाचार प्रवाह गर्दै जनतालाई नै भ्रम फैलाउने खेतीमा लागि परेका छन् ।
कुन सञ्चारमाध्यममा कसको लगानी छ र त्यसले प्रकाशन–प्रसारण गर्ने समाचारमा कसको पक्षपोषण गर्छ र कसलाई खुइल्याउने र कसलाई भगवान जसरी पुज्ने कार्य मिडियाले कसरी गर्छ भन्ने कुराको पछिल्लो उदाहरण हो नागरिक दैनिकमा बुधबार प्रकाशित ‘दाहालका घरबेटीलाई मेलम्चिको ठेक्का’ शीर्षकको समाचार ।

आफुलाई स्वतन्त्र र निस्पक्ष हुँ भन्दै दुहाई दिने उक्त पत्रिकामा प्रकाशित सामाग्रीबाटै प्रस्ट हुन्छ कि सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी नेकपा अध्यक्ष प्रचण्डको घरबेटी भएकै कारण उक्त ठेक्का पाउन हुँदैन भन्ने आशयको समाचारबाट । 

हो, करोडौँ ठेक्का पट्टा मार्फत विकास निर्माणका काम गार्द केही कमिकजोरी हुने गर्दछन् । तर उसले कानूनी रुपमा राज्यलाई कर तिरेर व्यवसाय गर्न पाउने कि नपाउने ? यो एउटा ज्वलन्त प्रश्न हो । शैलुङ कन्स्ट्रक्सनका सञ्चालक अधिकारीको घरमा प्रचण्ड डेरा गरी बस्नु, प्रचण्डकी बुहारी बिना मगर खानेपानी मन्त्री हुनु र अधिकारीले उक्त ठेक्का हात पर्नुलाई एकमुष्ठ रुपमा जोडेर समाचार प्रकाशन गर्नु तर अधिकारीको भनाईलाई कुनै पनि स्थान नदिनुलाई पत्रकरिताको ‘लिनियर मोडल अफ कम्युनिकेशन’का रुपमा हेरिएको छ । अर्थात, यस्तो सञ्चारलाई 'एरिस्टोटल' र 'लसवेल मोडल' भन्दा पनि फरक पर्दैन ।

यस्तो पत्रकारितालाई एकतर्फि, अप्रजातान्तिक, अलोकतान्त्रिक, मै जान्ने र मै सुन्नेका रुपमा बुझिन्छ ।

अधिकारीले कानून बमोजिम कम्पनी खडा गरेर राज्यको विकास निर्माणको काम हात पार्नुलाई उनको कमजोरीको रुपमा र समग्र नेकपा पार्टीको बिरुद्धमा ग्वेबल्स शैलीले प्रचारबाजी गरेको भान हुन्छ ।