‘डेंगु गन’ बोकेर मच्छड मार्न तम्सिए सांसद बस्नेत !

‘डेंगु गन’ बोकेर मच्छड मार्न तम्सिए सांसद बस्नेत !

भक्तपुर, २५ भदौ । भक्तपुरबाट प्रतिनिधिसभामा बिजयी सांसद महेश बस्नेत लामखुट्टे मार्न कस्सिएका छन् । निर्वाचन क्षेत्रमा डेंगुको जोखिम बढेपछि सांसद बस्नेत आफैँ लामखुट्टेको बासस्थान निर्मूल मार्न ‘डेंगु गन’ बोकेर निस्किएका हुन् ।

गनमा डेंगु मार्ने औषधि भरिएको हुन्छ, जसको स्वीच दबाएपछि धुवाँ निस्किन्छ ।

सांसद बस्नेतको सचिवालयले जनाए अनुसार हनुमन्ते नदी सफाइ अभियानको पहलमा मध्यपुर ठिमी नगरपालिकाको मनोहरा खोला आसपासका बस्तीमा लामखुट्टे नियन्त्रणका टोली खटिएको हो ।