गुगल एप्प्ल जस्ता ठूला कम्पनी थर्काउने शक्तिशाली महिला
काठमाडौ । गुगल, एप्पल र फेसबुक जस्ता ठूला अमेरिकी टेक कम्पनीलाई कानुन पालना नगरेको भनेर अर्बौ जरिवाना गर्ने शक्तिशाली महिला थप शक्तिशाली भएपछि अमेरिकामा चर्चा व्याप्त भइरहेको छ ।
उपभोक्तासँग गरिएको वाचा पुरा नगरी विश्वास भंग गरेको कानुन(एन्टिट्रस्ट ल) अन्तर्गत अर्बौ डलरको जरिवाना तोक्ने शक्तिशाली महिला माग्रेथ भेस्टेजर हुन् ।
युरोप युनियनले उनलाई थप शक्ति दिएर चर्चामा ल्याएको हो ।
उनका समर्थकहरू र ठूला टेक कम्पनीको आलोचना गर्नेहरूले उनलाई नायक नै मान्ने गरेका छन् ।
तर कर्पोरेट अफिस र अमेरिकी राष्ट्रपति कार्यालयको घृणाकी पात्र छिन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई साह्रै खराब मानिस र आफूले यस्तो मानिस जीवनै नदेखेको भनी टिप्पणी गरेका थिए ।
प्रतिक्रिया