गृहमन्त्रीको अनुकरणीय काम

गृहमन्त्रीको अनुकरणीय काम

काठमाडौं । नेताहरु सामान्य रुघाखोकीमा समेत विदेश दौडिने परम्परालाई तोड्दै गृहमन्त्री राम बहादुर थापा बादल नेपाल प्रहरी अस्पतालमा निरन्तर पाँच दिन धाएर गर्धन र ढाड दुख्ने समस्याको उपचार गराएका थिए ।

 उनको उपचार गराइरहेका डीआईजी समेत रहेका डा. सुमनराज श्रेष्ठका अनुसार गृहमन्त्रीलाई cervical spondylosin degenrature changes भएको र यो theropy र औषधिले ठीक हुने बताए। अब गृहमन्त्री वादललाई अस्पताल आइरहनु नपर्ने र घरमै बसेर exercise गर्दा निको हुने उनले बताए ।

आर्थिक रुपमा आदर्श चरित्र भएका गृहमन्त्री वादलको बाटोमा अरु नेताले पनि अनुसरण गर्ने कि ?

स्मरणीय छ, आर्थिक रुपमा निकै चलखेल मानिने गृहमन्त्रालयमा वादलले त्यसलाई निरुत्साहित नै गरेका छन् । सरुवा, बढुवादेखि सुन, डाफोरकाण्ड लगायत विभिन्न काण्डमा जोडिने गृहमा वादलको उपस्थितिपछि सुकेको छ । गृहलाई प्रभावमा पारेर सुन लगायत तस्करीमा जोडिएकाहरुले अहिले वादलको विपक्षमा जनमत निर्माण गर्न लागिपरेका छन् ।