लागु औषधिका व्यापारी सघाउनेलाई भेनेजुएलाको राष्ट्रपति बनाउने अमेरिकी योजना
काठमाडौ । भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मुदरोलाई अदस्थ गराउन आन्दोलन चर्काउने नेता जुआन गुआइदोको साँठगाँठ कोलम्बियाका कुख्यात लागु औषधिका व्यापारीसँग रहेको एक फोटो सार्वजनिक भएको छ ।
भेनेजुएलाका प्रतिपक्षी नेता गुआइदोको ती कुख्यात व्यापारीको समूहको सदस्यको रूपमा रहेको फोटोले दशाईरहेको देखिएको छ ।
फोटोमा देखिएका लस रास्ट्रोजोस कोलम्बियाको भयानक ड्रग मापिया रहेको कोलम्बियाको प्रहरीले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेको छ ।
यो फोटा पहिले शुक्रबार देखा परेको थियो ।
विलफ्रेडो कानिजारेसले यो फोटो सार्वजनिक गरेका थिए ।
उनी कोलम्बियाको एक एनजीओ प्रोग्रेस फाउन्डेसनका सदस्य हुन् ।
भेनेजुएलामा राष्ट्रपति मदुरोलाई अपदस्थ गरी अमेरिकाले अन्तरिम राष्ट्रपतिको रूपमा स्थापित गराउन खोजेका अन्तरिम नेता ड्रग माफियाका सहयोगी भएको देखिएको हो ।
फेब्रुअरीमा कोलम्बियाको सीमामा लागु औषधिको यो ग्याङलाई सहयोग गरेको गुआइदोको यो फोटोले पुष्टि गरेको फोटो सार्वजनिक गर्ने कानिजारेसले बताएका छन् ।
यो त्यतिखेरको फोटो जतिखेर अर्बपति रिचार्ड ब्रान्सनले गुआइदो नेतृत्वको प्रतिपक्षी आन्दोलनलाई सघाउन चन्दा सहयोग संकलनका लागि लाइभ एड कन्सर्टको आयोजना गरिएको थियो ।
गुआइदोका प्रवक्ताले लागु औषधिका कारोबारीसँग उनको कुनै सम्बन्ध रहेको विषयलाई गलत भएको बताएका छन् ।
उनले गुआइदोसँग कतिले फोटो खिचाउन आग्रह गरेकामा यो फोटो हुन सक्ने जनाएका छन् ।
यसैबीच कोलम्बियाका सरकारले गुआइदोको सम्बन्ध लागु औषधिका कारोबारी सँग भएको इन्कार गरेको छ ।
यसैबीच भेनेजुएलाका सरकारले प्रतिपक्षी नेताको सम्बन्ध लागु औषधिको कारोबारीसँग रहेको नरहेको विषयमा छानबिन गर्ने घोषणा गरेको छ ।
लस रास्ट्रोजोस सन् १९८०को दशकका कोकिन साम्राज्य खडा गर्ने पाब्लो एस्कोबारका प्रमुख प्रतिस्पर्धी रहेका थिए ।
यो ग्याङको ठूलो भाग समाप्त भएपनि यसले अझ कोलम्बियाबाट भेनेजुएला र अन्य ल्याटिन अमेरिकी देशमा लागु औषधको काराबार गर्ने गरेको छ ।
सन् २००४मा स्थापना भएको लसको ग्याङमा १५०० सदस्य बन्न पुगेको कोलम्बियाको एल एस्पेटाडर नामक अखबारले स्रोतका आधारमा यो छापेको हो ।
प्रतिक्रिया