वैज्ञानिकले झण्डै सबै प्रकाश सोस्ने झन कालो वस्तु बनाए

वैज्ञानिकले झण्डै सबै प्रकाश सोस्ने झन कालो वस्तु बनाए

काठमाडौ । वैज्ञानिकहरूले भण्डै सबै प्रकाश सोस्ने झन् कालो वस्तु बनाएका छन् ।

यो वस्तुले ९९.९९५ प्रतिशत प्रकाशलाई सोस्छ र यसअघि बनाइएको कालो वस्तुको तुलनामा झन् कालो वस्तु भएको छ ।

यो चरम कालो वस्तु तल देखि माथि सीधा रहने गरी आँखाले नदेखिने सूक्ष्म कार्बनको धागोबाट बनेको छ ।

यो सूक्ष्म कार्बन धागोलाई कार्बन नानोट्युब्स भनिएको छ ।

अनुसन्धानकर्ताहरूलाई यो यत्ति कालो किन भएको हो त्यसबारे ठोस जानकारी प्राप्त भएको छैन् ।

तर उनीहरू यसको सम्भाव्यताबाट उत्साहित छन् ।

। यसअघिको कालो वस्तुलाई  भ्यान्टाब्ल्याक भनिएको छ ।

यसले ९९.९६प्रतिशत प्रकाश सोस्छ ।

यसको अर्थ नयाँ नाम नदिइएको वस्तुले यो वस्तुको तुलनामा १० गुना कम प्रकाशलाई परावर्तन गर्छ ।

यो कालो वस्तुलाई अहिले प्रदर्शनीमा राखिएको छ ।

यसको लागत २० लाख अमेरिकी डलर भएको जनाइएको छ ।

१६.७८ क्यारेटको प्राकृतिक पहेलो हीरालाई कालो वस्तुमा चम्किलो ढुंगामा बदलिएको छ ।

यो एक किसिमको  अन्तरिक्षको ब्ल्याक होेल जस्तो वस्तु हो ।