राजनीतिमा झाँगिदै आत्मकेन्द्रीत व्यक्तिवाद
काठमाडौ । नेपाली राजनीतिमा आत्मकेन्द्रीत व्यक्तिवाद झाँगिदै गएको देखिएकोमा राजनीतिक दलका नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।
हालै पार्टीका नेता कार्यकर्ताहरूको उपस्थितिमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डले दुई तिहाइको बहुमत प्राप्त गरेको पार्टीले नैतिक मूल्य मान्यताको स्थापना गर्न सफल हुनुपर्नेमा त्यसो गर्न देखिको चिन्ता व्यक्त गरे ।
प्रचण्डले भने “पार्टीमा आत्मकेन्द्रीत व्यक्तिवाद नेकपा पार्टीमा बढेको र उनीहरू त्याग र बलिदानको आदर्शबाट पतन भइरहेका छन् ।”
प्रचण्डका यी अभिव्यक्तिलाई नेपाली राजनीतिमा देखिएको समस्याको रूपमा रहेको सरोकारवालाहरूको भनाइ छ ।
नेकपाका अर्का नेता घनश्याम भुसालले पनि राजनीतक प्रतिबद्धतामा ह्रास आएकोमा सहमति जनाउँछन् ।
उनका अनुसार राजनीतिबाट ठेक्कापट्टा लिने र धन कमाउने प्रवृति बढेको छ ।
यस्तो समस्या नेपाली राजनीतिका अन्य पार्टी नेपाली कांग्रेस, समाजवादी पार्टी,राष्ट्रिय जनता पार्टीमा पनि देखिन्छ ।
गगन थापाले पनि राजनीतिक मूल्य मान्यतामा ह्रास आएको स्वीकार गर्छन् ।
नेपाली कांग्रेसको विषयमा थापा भन्छन् “आदर्शमा सबैलाई सहभागी गराउने खालका छलफल आवश्यक छ ।”
विज्ञहरूका अनुसार राजनीतिक दलका नेतृत्वले राजनीतिमा झाँगिदै गएको आत्मकेन्द्रीत व्यक्तिवादलाई हटाउन र राजनीतिप्रतिको सकारात्मक बोध गराउने जिम्मेवारी रहेको छ ।
प्रतिक्रिया