बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनीः विप्लव समूहका अम्मर महर पक्राउ 

 बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनीः विप्लव समूहका अम्मर महर पक्राउ 

बझाङ, २९ भदौ । जिल्लाको बित्थडचिर गाउँपालिकाको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेको छ ।

राति करिब साढे १२ बजेको समयमा गाउँपालिकाको कार्यालय देउलेख नजिकै पार्किङ गरी राखिएको से १ झ २७४ नम्बर आगजनी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
आगजनीबाट गाडी पूर्णरुपमा जलेर नस्ट भएको जनाइएको छ ।

गाडीमा आगो कसले र किन आगो लगायो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक तथा सूचना अधिकृत ईश्वरीदत्त पाण्डेले बताए ।

स्याँडी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटना स्थलबाट शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । विप्लव समूहको कार्यकर्ता भन्दै विभिन्न गतिविधि गर्दै आएका अम्मर महरलाई प्रहरीले पक्राउ गरेको हो । विप्लव नेकपाका दिनेश खड्का फरार रहेको र खोजी कार्य भइरहेको स्याँडी प्रहरी चौकीले जनाएको छ ।