बुटवलमा गोलि हानि एक व्यक्तिको हत्या, ५ लाख रुपैयाँ लुटियो
बुटवल २९, भदौ । रुपन्देहीको बुटवलमा लुटेरा समूहले गोली हानी एक व्यक्तिको हत्या गरेको छ ।
बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका ५ का महेन्द्र कुर्मीको रोहणी गाउँपालिका ३ मा हत्या भएको हो ।
कुर्मीलाई लुटेरा समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको जिल्ला रुपन्देही प्रहरीले जनाएको छ । कुर्मीको घटनास्थलमै मृत्यु भएको र गोली हान्ने समूहको खोजी भइरहेको जनाइएको छ ।
प्रतिक्रिया