के गुगलको सीमा समाप्त भयो र ?
काठमाडौ । जुनसुकै जानकारीका लागि गुगल गर्ने र सही जानकारी पाउने चलन इन्टरनेट जान्ने उपभोक्तालाई थाहा भएको विषय हो ।
तर इन्टरनेट उपभोक्ताहरूले सूचना पाउन वैकल्पिक स्रोतको खोजीमा जोड दिन थालेपनि सबाल खडा भएको हो के गुगलको सीमा समाप्त भएको हो र ?
गुगलको खोजी विधि ‘गुगल सर्च’ले विश्वभरको उपभोक्तालाई आन्तरिक सेवाप्रदायकको गडबडी‘इन्टरनल सर्भर इरर्स’ देखाउन थालेपछि यस्तो भन्न थालिएको हो ।
यसअघि गुगल सर्चमा खोजीको विषय राख्ने वित्तिकै जवाफ आउने गरेकोमा अब इन्टरनल सर्भर इरर्स देखाउन थालेको हो ।
गुगलको विषयमा ट्विटरमा एक उपभोक्ता अट द रेट केपीएमएआरजेड चलाउने महिला भन्छिन् “ मेलै भोलिको मौसम कस्तो रहने सोधेको त जवाफमा गुगलले क्षमा गर्नुस केही गडबडी छ भन्यो के यसको अर्थ के अर्को दिन आउँदैन र ?”
ट्विटरमा गुगलका बारेमा यस्ता अभिव्यक्ति धेरै रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
प्रतिक्रिया