अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य २० प्रतिशतले बृद्धि

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य २० प्रतिशतले बृद्धि

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २० प्रतिशतले बढेको छ ।

साउदी अरबको तेल प्रशोधन गर्ने एक ठेगानमा ड्रोन आक्रमण गरी क्षति पु¥याएपछि तेलको मूल्य २० प्रतिशतले बढेको हो ।

यो क्षतिले विश्वको दैंनिक उत्पादनमा ५ भन्दा बढीले कमी आउने भएको हो ।

गएको ३० वर्ष यता एक दिनमा तेलको मूल्यमा १९ प्रतिशतले बृद्धि भएको पहिलो पटक हो ।

सोमबार कच्चा तेलको मूल्य प्रति ब्यारल ७१.९५ अमेरिकी डलर रहयो ।

यही बेला अमेरिकाको पश्चिमी टेक्सासमा १५ प्रतिशतले बृद्धि भइ प्रति ब्यारल ६३.३४ अमेरिकी डलर रहयो ।

बजार पर्यवेक्षकहरूका अनुसार तेलको मूल्यमा अझ बृद्धि हुने देखिएको छ ।

क्षतिपुगेको साउदीको प्रशोधन केन्द्रलाई ठीक पार्न वा प्रशोधन क्षमता बढाउन केही साताको समय लाग्ने जनाइएको छ ।

साउदीको तेल प्रशोधन गर्ने केन्द्रको व्यवस्थ ागर्न ढिला भए तेलको मूल्य प्रति ब्यारल १०० अमेरिकी डलरसम्म पुग्ने देखिएको छ ।

रूसका ऊर्जा मन्त्री अलेग्जन्डर नोभकले  यो क्षतिबाट ऊर्जा सुरक्षामा ठूलो असर पुगेको बताए ।

अल्पकालमा यसको आपूर्ति पूरा गर्न सकिने भएपनि लामो समयसम्म लम्बिए आपूर्तिमा समस्या उत्पन्न हुन सक्ने आंशका उनले व्यक्त गरेका छन् ।