शीतयुद्ध जित्न सिआईएले जासुस परेवा र हत्यारा सिगारको प्रयोग गरेको खुलासा
काठमाडौ । अमेरिकाको बाह्य जासुसी संस्था सिआईएले शीतयुद्ध जित्न जासुस परेवा र हत्यारा सिगारको उपयोग गरेको खुलासा गरेको छ ।
हालै सिआईएले वर्गीकृत दस्तावेज सार्वजनिक गरेबाट यो खुलासा भएको हो । सिआईएले यसका अतिरिक्त डल्फिनलाई तालिम दिएर काममा लगाएको जस्तो जनाएको हो ।
शीतयुद्धका बेला परेवालाई जासुस बनाएको र उसको नाम टकाना राखिएको जनाएको छ । सोभियत युनियनमा यस्ता जासुस परेवाले गुप्तरूपमा तस्विर खिचेर ल्याउने काम गरेको थियो ।
जासुस बन्ने परेवाहरूको छनोट गरिन्थ्यो । जसमा धेरै लामो दूरी पार गरी फर्के आउने क्षमता हुन्थ्यो त्यस्ता परेवालाई तालिम दिइन्थ्यो ।
उनीहरूको शरीरमा महँगा क्यामरा जडान गरिएको हुन्थ्यो ।
ती परेवाहरूले उडिरहँदा सोभियत युनियन भित्रका दृश्यहरू खिचेर ल्याउने गरेको सार्वजनिक गरिएका ती पुराना दस्तावेजमा उल्लेख छ ।
यसैगरी डल्फिनलाई तालिम दिएर कसरी सोभियत परमाणु पनडुब्बीको बारेमा जानकारी ल्याउने गरेको विवरण पनि उल्लेख गरिएको छ ।
सिगार तान्ने शत्रुहरूलाई सिआईएले विषालुृ सिगारबाट ज्यान लिने गरेको र यसैक्रममा क्युबाका पूर्व राष्ट्रपति फिडल क्यास्ट्रोको हत्या गर्न विषालु सिगार बनाएको खुलाइएको छ ।
सन् १९६०मा विषालु सिगारलाई बक्स भित्र राखेर क्यास्ट्रोको ज्यान लिने योजना बनायो ।
यसमा बलियो खालको बाटुलिनम टक्सिन मिसाइएको थियो ।
यो विषालु सिगार सन् १९६१मा क्यास्ट्रोसम्म पु¥याउन लगाइएको थियो । तर दुर्भाग्या क्यास्ट्रोले त्यो विषालु सिगार कहिल्यै तानेन् ।
प्रतिक्रिया