सिन्धुली र काभ्रेका धान खेतमा ७ वटा हेलिकप्टर आकस्मिक अवतरण

सिन्धुली र काभ्रेका धान खेतमा ७ वटा हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं, ३१ भदौ । खराब मौसमका कारण सिन्धुली र काभ्रेका बिभिन्न स्थानमा गरी सात वटा हेलिकप्टर आकस्मिक अवतरण गरिका छन् ।  

सोलुखुम्बुको लुक्लाबाट पर्यटक बोकेर काठमाडौं आउन लागेका ती हेलिकप्टरमध्ये ४ वटा काभ्रे र ३ वटा सिन्धुलीमा आकस्मिक अवतरण गरेका हुन् ।

पाँचखाल नगरपालिकाको वडा नम्बर ५ को जोरपाटीमा ३ वटा र हर्षेमा एउटा हेलिकप्टर बिहान ८ बजे आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

त्यसैगरी सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरिएका छन् । आकस्मिक अवतरण गराउनेमा कैलाश, मनाङ र सिम्रिक एयरका हेलिकप्टर छन् ।

केही दिनदेखि लुक्लाबाट जहाज उड्न नसकेपछि त्यहाँ करिब ३ सय पर्यटक अलपत्र थिए । केही हेलिकोप्टर भने काठमाडौं उडिसकेको जनाइएको छ ।