छिन्ताङ्ग विद्रोहका ज्युँदा साक्षी बम देवानसँग साहित्यिक वार्ता
भिडियो वार्ता
कवि बम देवान चर्चित साहित्यिक नाम हो । खोकु छिन्ताङ्ग विद्रोहका ज्युँदा साक्षी बम देवान सिद्धहस्त कवि तथा गीतकार हुन ।
‘हाम्रो गीत हाम्रो आवाज’ कविता संग्रहबाट उदाएका देवानका सयौं रचना जनतामा मुखाग्र छ । आगोको खेती कविता संग्रहमा हुर्किएको उनको काव्यिक यात्रा अझै निरन्तर छ ।
मेरो देश खोज्दै जाँदा गीत रचना गरेर श्रमजिविको देश खोज्न सघाउने उनको जनपक्षीय रचना अहिले पनि ज्यूँदो दर्शनको रुपमा छ । कवि देवान देशमा आज पनि जंगबहादुरको सियँ जागेको जागै छ भन्न हिीचक्चाउन्नन । यिनै जंगबहादुरका भूतले देशलाइ द्रौपदीलाइ भन्दा नाङ्गो बनाएको उनको विश्वास कायम छ ।
साहित्यमा विम्बको प्रयोग गरेर माक्सवादी साहित्य रचनामा उनले जिवन दिएका छन् । राजनीति र साहित्यलार्इ सगै हिँडाउने बाम विचारका देवान एक ताकाका पूर्वका संगठक पनि हुन । धरानमा स्थायी बसोबास गर्दै आएका देवानले झिल्को टिभीमा साहित्य र राजनीति सम्बन्धी दिएको विचार उनकै शब्दमा प्रस्तुत छ /
योगेश खपाङ्गी
२०७६ साल भदौ ३१ गते प्रसारित
प्रतिक्रिया