भोलिसम्म झरी पर्ने 

भोलिसम्म झरी पर्ने 

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबारसम्म मध्य र पूर्वी भू–भागका धेरैजसो स्थान तथा पश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

भारतको उडिसा र पश्चिम बंगाल आसपासमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण नेपालमा मनसुन सक्रिय रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिम र मध्य भू–भागको केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौं उपत्यकामा १० मिलिमिटर वर्षा भएको जनाएको छ । 
त्यस्तै, पोखरामा ७६ मिलिमिटर, दाङमा १५ मिलिमिटर, सिमरामा ५ मिलिमिटर, नेपालगञ्जमा ३७ मिलिमिटर र विराटनगरमा १५ मिलिमिटर वर्षा भएको छ ।