अन्तरिक्ष जन्तु ‘युएफओ’ देखिने भिडियो वास्तविक भएको अमेरिकी सेनाद्वारा पुष्टि
काठमाडौ । अमेरिकी जलसेनाको विमान र अन्तरिक्ष जन्तु ‘युएफओ’सँग जम्का भेटभएको भएको सार्वजनिक हुन पुगेका तीन भिडियोहरू वास्तविक भएको अमेरिकी सेनाले स्वीकार गरेको छ ।
भिडियोमा टाढा देखिने व्याख्या नगरिएको हवाइ गतिविधि सम्बन्धी ती भिडियो क्लिपहरूलाई सार्वजनिक नगर्ने खालको भएको सेनाले जनाएको छ ।
अहिलेसम्म रहयस्य बनेको अन्तरिक्ष जन्तुसँग अमेरिकी सेनाले विद्यमान हवाइ प्रविधिको प्रयोग गरी अन्तरक्रिया गर्न खोजेको भिडियो क्लिपमा देखिन्छ ।
त्यसैले यी भिडियो सार्वजनिक गर्ने खालका थिएनन् ।
सेनाले एलियनहरूको उद्गमस्थानबारे कुनै प्रमाणबारे जानकारी प्राप्त भएको छैन् ।
एउटा भिडियोमा कालो वस्तु केही सेकेन्डसम्म बढेको देखिन्छ ।
यसअघि अमेरिकी सेनाले गरेको दाबीका आधारमा अमेरिकाले अन्तरिक्षका जन्तु वा एलियनको बारेमा अध्ययन गर्न एक शाखा खोलेको थियो ।
सार्वजनिक भएका भिडियो क्लिपका बारेमा अहिलेसम्म अमेरिकी सेनाले कुनै प्रतिक्रिया जनाएको थिएन् । न्यूयोर्क टाइम्स लगायतका सञ्चार माध्यममा यो भिडियो सार्वजनिक भएको थियो ।
प्रतिक्रिया