भारतको जेएनयुमा फेरि बामपन्थी मोर्चा विद्यार्थी संघमा विजयी
काठमाडौ । भारतको जेएनयुले चिनिएको जवाहारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी संघको चुनावमा फेरि बामपन्थी समूहका विद्यार्थीहरूले विजयी भएका छन् ।
आइसा,एसएफआई , एआईएसएफ र डीएसएफका संयुक्त उम्मेदवारले सबै चारै पद अध्यक्ष ,उपाध्यक्ष ,महासचिव र संयुक्त सचिवमा जीत हात परेका हुन् ।
गतवर्ष जस्तै एबीभीपीका उम्मेदवारीहरू निकटतम प्रतिद्वन्द्वी रहन पुगेका छन् । जेएनयु विद्यार्थी संघको अध्यक्ष पद आइशी घोष निर्वाचित भएकी छिन् ।
सबै भन्दा बढी मत अन्तरबाट उपााध्यक्ष साकेत मूनले विजय प्राप्त गरेका छन् ।
यसैगरी महासचिवमा सतीशचन्द्र यादव र संयुक्त सचिव पदमा मोहम्मद दानिसले चुनाव जितेका हुन् ।
जेएनयुको विद्यार्थी संघको चुनाव ६ सेप्टेम्बरको भएको थियो तर दिल्ली उच्च अदालतले परिणाम सार्वजनिक रोक लगाएको थियो ।
चुनाव समितिको मतगणनाबाट बामपन्थी विद्यार्थी जितिने देखिएपछि अदालतले रोक लगाएको थियो ।
अदालतको रोक आदेश हटाइएपछि मत परिणाम सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया