सगरमाथा क्षेत्र पुग्ने सडक परियोजनाले स्थनीय अर्थतन्त्र रूपान्तरण गर्ने
काठमाडौ । सगरमाथा क्षेत्रका सडक परियोजनाले पर्यटन र स्थानीय अर्थतन्त्रलाई रूपान्तरण गर्ने विश्वास गरिएको छ ।
मौसम खराब भएपछि सगरमाथाको प्रवेशद्वारको रूपमा चिनिएको लुक्ला विमानस्थलमा हेलिकप्टरसम्म पुग्न सक्ने अवस्था हुन नसकेको परिदृश्य काठमाडौ उपत्यका नजिकैको खेतहरूमा कम्तीमा १० हेलिकप्टर ओर्लन बाध्य भएको देखिएकै हो ।
मंगलबार बिहान उपत्यका निकटका ठाउँमा एक पछि अर्को गरी हेलिकप्टर ओर्लिएको समाचार सार्वजनिक भइरहेको थियो ।
यसो हुनुमा मौसम अचानक खराब भएकाले भएको भनिएको थियो । सामाजिक सञ्जालमा यस्ता हेलिकप्टरका फोटा र भिडियोहरूमा धान खेतमा ओर्लिन बाध्य भएका हेलिकप्टर देखिए ।
यसरी लुक्लाका लागि हिडेको हेलिकप्टर बाध्य भएर ओर्लिन बाध्य भएको पहिलो पटक भएको होइन् । मौसमको खराबीका कारण लुक्लामा पर्यटक घेरिने रोकिने समाचारहरूमा पाइने गरिएकै छ ।
सगरमाथा क्षेत्रमा सडक बाटो बन्न पाए यताको जनजीवनमा थप अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
स्थानीय अर्थतन्त्रमा विकास हुनेछ ।
खुम्बु पासाङ ल्हामु गाउँ पालिकाका अधिकारीहरूका अनुसार खरी खोलाबाट चौरीखर्कसम्मको २ किलोमिटर जतिको बाटोको ट्रयाक खोल्ने काम भएको छ ।
यस्तै लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा ३ किलोमिटरको काम पनि शुरू भएको छ । अधिकारीहरूका अनुसार ट्रयाक खोल्ने यो कामहरू अर्को वर्षसम्म पुरा हुने अपेक्षा गरिएको छ ।
यो बाटोहरूको निर्माण भए यस क्षेत्रको स्थानीय अर्थतन्त्र तथा पर्यटन क्षेत्रको विकासमा अभिवृद्धि हुने स्थानीयहरूको बुझाइ रहेको छ ।
प्रतिक्रिया