अमेरिकी राष्ट्रपतिले चौथो राष्ट्रिय सुरक्षा सल्लाहकार छनौट गरे
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पदावधिको क्रममा आफ्नो चौथो राष्ट्रिय सुरक्षा सल्लाहकार छनौट गरेका छन् । यसअघि नियुक्त गरेका तीन जनालाई उनले पदमुक्त गरेका छन् ।
निर्वतमान राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई हालै पदबाट राजीनामा दिन भनेका थिए ।
ट्रम्पले नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारमा हाल विदेश विभागमा विशेष प्रतिनिधिको रूपमा कार्य गरिरहेका रोबर्ट ओ ब्रायनलाई नियुक्त गर्ने जनाएका छन् ।
आफूले रोबर्टसँग लामो समय काम गरेको र यो जिम्मेवारी उनले अझ राम्ररी गर्ने विश्वास समेत ट्विटमा व्यक्त गरेका छन् ।
ब्रायन अघि राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकारहरूमा माइकल फ्लिच, एच आर म्याकमास्ट र जोन बोल्टन रहेका थिए ।
विदेश विभागको विशेषदूतको रूपमा काम गरेका रोबर्ट जर्ज डब्लु बुस र बराक ओबामा सरकारको समयमा पनि सरकारका पदाधिकारी भइ काम गरिसकेका छन् ।
पूर्व राष्ट्रपति बुशले ब्रायनलाई २००५मा संयुक्त राष्ट्र महासभाका प्रतिनिधि नियुक्त गरेका थिए । अहिले उनी बोल्टनसँग काम गरिरहेका थिए ।
प्रतिक्रिया