राजधानीमा ठूलै घटना घटाउने योजना ?

राजधानीमा ठूलै घटना घटाउने योजना ?

काठमाडौँ । कर्तव्य ज्यान मुद्धा लागेर जेल सजाय भोगिरहेका समीरमानसिंह बस्नेतको मुद्धा अध्ययन गर्दै जाँदा प्रहरी निकै गम्भीर मोडमा पुुगेको प्रहरी उच्च स्रोतले बताएको छ । अनुुसन्धान नसिद्धिदैं वाहिर लैजाँदा अध्ययन अपूूर्ण हुुने या तुुहिने भएकाले धेरै भन्न नमिल्ने उक्त स्रोतले बतायो । 

ठूलै दुर्घटना गर्ने योजना

समिरमान सिंहले देशमा हंगामा हुने गरी ठूलै हत्याको योजना बनाएको र त्यसलाईं प्रहरीको संयन्त्रले असफल बनाएको प्रहरी उच्च स्रोतको दावी रहेको छ । खासगरी यो सरकार र प्रहरी प्रमुखलाई शान्ति सुरक्षामा असफल गराउने गुरुयोजनाअन्तर्गत ठूलै दुर्घटनाको प्रहरीले सफलतापूर्वक पटाक्षेप गरेको स्रोतको दावी छ । 

जेलभित्रबाट नै डरलाग्दो योजना बनाएको सुुइँको पाएपछि बस्नेतलाई काठमाडौं वाहिरको जेल सरुवा गर्दा अदालतले काठमाडौंमा नै राख्ने निर्णय गरेपछि उनी यही रहेका थिए । 

मुद्धा भन्दा गृहमन्त्रीको भाइको चर्चा 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेश थापा आपराधिक गिरोहसँगको मिलेमतोको आरोपमा एक हप्ताअघि पक्राउ परे । गुण्डा नाइके समिरमानसिंह बस्नेतको समूूहसँग मिलेर फिरौती उठाउने कार्यमा उनले सहयोग गरेको मुख्य अभियोग छ ।
दुई महिनाअघि समिरमानको समूूहका पवन खड्का र सुरेन नगरकोटीलाई प्रहरीले पक्राउ ग¥यो । उनीहरुले निर्माण व्यवसायीलाई रकम माग्दै धम्की दिने गरेको तथा नदिएमा आक्रमण गर्नेसम्मको योजना बनाएको पोल खुल्यो । पक्राउ परेकाहरुले दिएको बयानका आधारमा नरेशलाई पक्राउ गरिएको हो ।

नरेशको संलग्नता कति ? 

गृहमन्त्रीका भाइ नरेश पक्राउपछि आएका दृष्टान्तले उनको घटनामा केही गल्ती देखिए पनि अपराध देखिएको छैन । नरेशले समिरमानको समूूहलाई केही अप्ठेरो परे आफूू रहेको भनी ढाडस दिएको आरोप बाहेक अरु कुनै गम्भीर संलग्नता देखिएको छैन । पवन र सुरेनलाई केही परे छुटाउने म छु भनी नरेशले ढाडस दिएको प्रहरीले आरोप लगाएको छ । त्यस्तै  समिरमानलाई कारागारमा गएर भेटेको आरोप समेत उनलाई प्रहरीले लगाएको छ । तर, त्यसमा कतैबाट पुस्टि छैन । त्यो कतै लेख्य तथा डिजिटल अभिलेखमा छैन । एक जना इन्सपेक्टरको भनाइलाई आधार बनाइएको छ । कसैलाई फसाउनु परेमा प्रहरीहरुले यस्ता फर्जी वयान लिनसक्छ । सबैभन्दा मुख्य कुरा फिरौती उठाउने कार्यमा नरेशको कुनै प्रत्यक्ष संलग्नता नदेखिएको प्रहरीले स्पष्ट पारेको छ । नरेशले फिरौतीका लागि कसैलाई फोन गर्ने वा धम्क्याउने वा सो कार्यमा प्रत्यक्ष संलग्नता देखिने गतिविधि गरेको अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

तथ्यमा हेर्दा कसैलाई केही परे मैले सहयोग गर्छु भनेकै आधारमा उनी पक्राउ परेका छन् । पवन र सुरेनले आफूूहरुसँग नेरशले भेटेको तथा छलफल गरेको बयान प्रहरीलाई दिएका छन् । उनीहरुले दुबईमा बस्दै आएका जावेद अनवरदिनलाई नेपालका गृहमन्त्रीका भाइले आफूूहरुलाई केही परे प्रहरीमा सेटिङ मिलाइदिने भनी आश्वासन दिएको मेसेज पठाएको कुरालाई प्रहरीले प्रमाणको रुपमा  अदालतमा पेश गरेको छ । 

जे भए पनि गृहमन्त्रीको भाइले अपराधीकर्ममा रहेका, सन्देहास्पद व्यक्तिलाई केही परे म बचाउँछु भन्दै हिँड्नु निश्चय नै गल्ती हो । तर बचन दिने बाहेक उनी आफै प्रत्यक्ष संलग्न भएर कुनै कार्य गरेको अहिलेसम्म फेला पारेको छैन ।

यस्तै उनीमाथिको अर्को आरोप समिरमानसिंह बस्नेतलाई कारागारमा गएर भेटे भन्ने हो । तर कारागारको रेकर्ड पुस्तिका वा सिसिटिभिमा उनले भेटेको कुनै फुटेज प्रहरीसँग छैन । एकजना प्रहरी निरीक्षकले भेटेका थिए भनी अदालतमा दिएको बयानमा मात्रै छ । त्यो बाहेक कारागारको दैनिक बन्दी भेटघाट पुस्तिकामा नरेशले समिरमानलाइ भेटेको विवरण कतै भेटिएको छैन, त्यस्तै कारागारमा भेटघाट गरिएको त्यसबेलाको सिसिटिभि फुटेज समेत प्राप्त भएको छैन । त्यसैले प्रहरीले दिएको बयानलाई मात्रै अदालतले भेटेको पुष्टि गर्न मान्ने छैन । यो भेट भएको थियो कि थिएन भन्नेमा प्रहरीको बयान बाहेक अर्को कुनै यथेष्ट प्रमाण भेटिएको छैन ।

प्रहरीले अहिलेसम्म नरेशले ‘केही परे मैले बचाउँछु’ भनी समिरमान समूूहलाई दिएको अभिव्यक्ति बाहेक कुनै ठोस प्रमाण जुटाउन सकेको छैन । त्यही अभिव्यक्तिकै आधारमा प्रहरीले नरेशलाई कडा सजायको माग गर्दै अदालतमा मुद्दा दर्ता गराएको छ । घटनामा संलग्नता पुष्टि गर्न प्रहरीले अहिले सार्वजनिक गरेका बाहेक अरु ठोस प्रमाण अदालतमा पेश गर्नुपर्छ । केस अदालतमा प्रवेश गरिसकेकोले अदालतको फैसला नै अब सर्वोपरी हुनेछ ।

गृहमन्त्री बादलको भूमिका

समिरमान समुहसँग आफ्नो भाइ नरेशको सम्पर्क रहेको सूचना प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिएपछि गृहमन्त्रीले प्रहरी महानिरक्षिकलाई आवश्यक अनुसन्धान गर्न ग्रिन सिग्नल दिएका थिए ।

गृहमन्त्री बादलले चोहेको भए यो केसलाई डिसमिस गर्न सक्थे । तर उनी त्यसतर्फ नलागी आफ्नै भाइलाई समेत कारवाहीको दायरामा ल्याउने आँट देखाएर उनी सुशासनका लागि इमान्दारपूर्वक लागेको सावित गरे । उनका भाइ नरेशको घटनामा सामान्य संलग्नतालाई वेवास्ता गर्दै उनको पक्राउपछिको मिडियामा गृहमन्त्री विरुद्ध नियोजित रुपमा प्रहार गर्दै आएका समाचारले भने झस्काउने काम गरेको छ । गृहमन्त्रीले उदारताका साथ अनुसन्धान अघि बढाउन निर्देशन दिँदा समेत गृहमन्त्रीलाई हौसला दिनुको साटो गृहमन्त्री विरुद्ध नै प्रहार सोझिएको छ । यसले कुनै कुत्सित मनसायका साथ यो घटनाको अनुसन्धान त बढाइएको थिएन भन्ने प्रश्न समेत उब्जिएको छ । समयबद्ध साप्ताहिकबाट