वामको तर्फबाट बारको नेतृत्वमा रमण प्रस्ताव नहुनुको गुढ रहस्य

वामको तर्फबाट बारको नेतृत्वमा रमण प्रस्ताव नहुनुको गुढ रहस्य

काठमाडौं । नेपाल बार एसोसियसनको वामन्थीको तर्फबाट पूर्व महान्यायधीवक्ता रमण श्रेष्ठ हुने निश्चित भए पनि अन्तिममा आएर उनलाई रोकिएको छ । 

उनलाई यसपटक अध्यक्ष दिने पूर्व सहमति भए पनि उनलाई दिइएन । 

टीआरसीमा रमण श्रेष्ठले लिएको स्पष्ट र दृढ अडानका कारण नै उनी कोपभाजनको शिकार भएको मानिएको छ । एकदमै अपराध र प्रतिशोधपूर्ण कार्य वाहेक उनले द्वन्दकालीन मुद्धालाई देशभित्र नै मेलमिलापबाट नै टु्ंग्याउनुपर्ने अडान राखेका थिए ।  

रमण श्रेष्ठ, मुक्ति प्रधान, खिमलाल देवकोटासहित वामपन्थी पक्षधर न्याय क्षेत्रमा काम गर्नेहरुको अगुवाइमा टीआरसी सम्बन्धी प्रस्ताव तयार गर्दैगर्दा नौ वटा पश्चिमा देशका राजदूतहरुले संयुक्त वक्तव्य जारी गरेका थिए । यो नांगो हस्तक्षप थियो । 

‘नेपाल बार एसोसियसनमा रमण श्रेष्ठ जस्ता स्पष्ट अडान, दृढता भएका न्याय क्षेत्रका अगुवाले नेतृत्व गरेमा समस्या हुन्छ भनेर नै उनलाई योजनाबद्ध रुपमा त्यो पक्षको दवाव र प्रभावमा परेर रोकिएको’ वामपन्थी क्रियाशील अधिवक्ताले झिल्कोलाई बताए ।